• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रसूतिगृहः २०० आइसोलेशन शय्या बनाइने


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • सञ्चिता घिमिरे, काठमाडौं ।
    काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को संक्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ संक्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।

    Advertisement

    नेपालमा कोभिडको संक्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित संक्रमित र संक्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो । अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उहाँले भन्नुभयो, ‘सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।’

    अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै एक सय महिलालाई सम्भावित संक्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो ।

    कोभिड–१९ को संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताउनुभयो । कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो । एक साता खटिएकाहरु एक साता नआउने गरी आलोपालो गरी काम तोकिएको उहाँले बताउनुभयो । अस्पतालमा कार्यरतलाई यसअघि पनि संक्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो । उहाँले भन्नुभयो, ‘आधा मात्रै कार्यरत हुँदा सङ्क्रमण देखिएर कोही आइसोलेशन बस्दा पनि अरुले सेवा नियमित गर्न सक्छन् ।’

    अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको संख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको संख्या कम नभएको अस्पतालको तथ्यांकले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको ससंख्या २० देखि ३० छ । उहाँले भन्नुभयो, ‘सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।’

    अस्पतालले कोभिड–१९ को संक्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ । अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उहाँले बताउनुभयो । अस्पतालले दिनमा तीन पटकसम्म निसंक्रमण गर्ने गरिएको छ । उहाँले भन्नुभयो,‘यहाँका सेवा नियमित गरेर संक्रमण पनि नफैलियोस् भन्ने गरी अस्पतालले काम गरिरहेको छ ।’

    अस्पतालले अहिलेसम्म कुनै पनि सेवा अवरुद्ध गरेको छैन । सामान्यावस्थामा पनि अरु जिल्लाका अस्पतालबाट रिफर भएर धेरै बिरामी समेत आउने गरेका थिए । अहिले विभिन्न निजी संस्थाले सेवा अवरुद्ध गरेका कारण अस्पतालमा प्रसूति सेवा लिन आउनेको संख्यामा कमी आएको छैन । अस्पतालमा केही समय पहिले तीन चिकित्सकसहित नौ कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको थियो । त्यस्तो समयमा कुनै कुनै वार्ड मात्रै सिल गरिए पनि अस्पताल नियमित रुपमा सञ्चालनमा थियो । उहाँले भन्नुभयो, संक्रमण देखिएकाको कन्ट्याकमा आएकाको खोजी गरेर परीक्षण गर्ने र त्यस ठाउँलाई क्लोरिनले सफा गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।’

    अस्पतालमा आउने बिरामीमध्ये संक्रमणको जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिनुभयो । कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा संक्रमितको नजीकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । संंक्रमणको शङ्का लागेकाहरुलाई अस्पतालले रिपोर्ट नआउँदासम्म छुट्टै राख्दै आएको छ । उनीहरुको पोजेटिभ आएमा आइसोलेशन शय्यामा र नेगेटिभ आएमा अरु बिरामीसँगै राखेर उपचार गरिन्छ ।

    अस्पतालमा कार्यरत कर्मचारीलाई पहिलो चरणको सुरक्षा सामग्री मास्क, फेस शिल्ड र पञ्जाको व्यवस्था गरिएको छ । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भने अर्को तहको सुरक्षा सामग्रीको व्यवस्था गरिँदै आएको छ । उहाँले भन्नुभयो, ‘सम्भावित संक्रमितको समेत उपचार गर्नेहरुलाई पिपिईलगायतका सबै आबश्यक सामग्री उपलब्ध गराइएको छ ।’(रासस)

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.