• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘राष्ट्रिय झण्डा जलाउने र जातीय द्वैष फैलाउने काममा पश्चिमाहरुको लगानी’


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाले पश्चिमा साम्राज्यवादीहरुको लगानीमा नेपालमा जातीय सद्भाव विथोल्ने प्रयास भइरहेको जनाएको छ । हालै एक समूहले म्युजिक भिडियो निर्माण गर्ने क्रममा राष्ट्रिय झण्डा जलाउनुका साथै केही जाती विशेषलाई लक्षित गरी घृणा फैलाउने खालको गीत सार्वजनिक गरेको थियो ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी नेपालको राष्ट्रिय एकता, धार्मिक तथा सामुदायिक सद्भाव र सामाजिक एकतालाई खलबल्याई आफ्ना निहीत उद्देश्य पूरा गर्न चाहने तत्वहरु सक्रिय भएको बताउनुभएको छ । विशेषगरी पश्चिमा साम्राज्यवादी केही देशहरुले यस्ता कार्य गर्ने, गराउने त्यस्ता समूहहरुमाथि लगानी गरेका अध्यक्ष केसीको भनाई छ ।

    यस्तो छ वक्तव्य
    १) यतिबेला देशमा कोरोना भाइरसको प्रकोप तीब्ररुपमा फैलिरहेको छ । दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमितहरु थपिँदै गएका छन् । कोरोनाको औषधि वा खोप पत्ता नलगाइसकेको अवस्थामा कोरोना संक्रमणको रोकथामका लागि कैयौँ जिल्ला र पालिकाहरुमा लकडाउन, सिलबन्दी वा निषेधाज्ञा जारी गरिएको छ । पीसीआर परीक्षण, आइसोलेसन, क्वारेन्टिनमा रहन सक्ने क्षमता आदि बढाउँदै लाने प्रयास सरकारले गरेको छ । त्यसलाई हामीले सकारात्मक मान्दछौँ । कोरोना संक्रमण रोकथामको लागि सरकार, सरकारी तथा गैरसरकारी निकाय, संघ, संस्था र आम जनताको सहयोग र समर्थन चाहिन्छ ।

    तर केही ठाउँमा कोरोनाको उपचारमा खटिएका चिकित्साकर्मीमाथि दुव्र्यवहार भएको छ । उनीहरुलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुव्र्यवहार गर्ने कुरा सही होइन । त्यसको हामीले विरोध गर्दछौँ । त्यसप्रकारको व्यवहार गर्नेलाई कारबाही हुनु पर्दछ । स्वास्थ्यकर्मीहरुलाई त्यसप्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन पनि हामीले सरकारसँग आग्रह गर्दछौँ । सुरक्षाकर्मीहरुले पनि जोखिमको नजिक रहेर आफ्नो कर्तव्य पालन गरेका छन् । उनीहरुको सेवाको कदर गर्दै जोखिमबाट बच्ने आवश्यक सुविधामा ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ ।

    २) नेपालको राष्ट्रिय झण्डा जलाएको दृष्यसहित खास जाति र सम्प्रदायप्रति द्वैष फैलाउने भिडियो निर्माण गर्ने र मिडियामा राख्ने कार्यलाई हाम्रो पार्टीले सही मान्दैन र त्यसको घोर विरोध र भर्त्सना गर्दछ । सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा नेपालको राष्ट्रिय एकता, धार्मिक तथा सामुदायिक सद्भाव र सामाजिक एकतालाई खलबल्याई आफ्ना निहीत उद्देश्य पूरा गर्न चाहने तत्वहरु सक्रिय छन् ।

    विशेषगरी पश्चिमा साम्राज्यवादी केही देशहरुले यस्ता कार्य गर्ने, गराउने त्यस्ता समूहहरुमाथि लगानी गरेका छन् । त्यस्ता तत्वहरुबाटै त्यसप्रकारको कार्य भएकोमा कुनै शंका छैन । उक्त कार्यमा नेपालको संविधान अनुसार राष्ट्रिय एकता, जातीय तथा सामुदायिक सद्भावका विरुद्ध समेत भएकाले त्यस कार्यमा संलग्न अपराधीहरुलाई कारबाही गर्न जोड दिन्छौँ । यस सन्दर्भमा हामीले सबै राष्ट्रिय एकता, जातीय तथा सामुदायिक सद्भावका पक्षधर शक्तिहरु सचेत, सर्तक र एकताबद्ध हुन अपील गर्दछौँ।’

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.