• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

समयमै मल उपलब्ध नगराएबापत् क्षतिपूर्ति दिन चार किसान संगठनको माग


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनले देशकै मुख्य बाली मानिएको धानबालीका लागि आवश्यक रासायनिक मल समयमै उपलब्ध नगराएबापत् क्षतिपूति दिन सरकारसित माग गरेका छन् ।

    Advertisement

    उनीहरूले भनेका छन्– “अब किसानको धानबाली उत्पादन न्यून हुन जाने र किसान थप मर्कामा पर्ने, आम उपभोक्ताले अनिकाल बेहोर्नुपर्ने र खाद्यान्नलगायतका वस्तुमा फेरि पनि बाह्य देशकै भर पर्नुपर्ने जुन नाजुक स्थिति सिर्जना हुँदै छ, त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्दछ ।”

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाले २०७७ भदौ ७ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र त्यसमा पनि मुख्यतः धानबालीका लागि आवश्यक पर्ने रासायनिक मल, खासगरी युरिया र डिएपी सरकारले समयमा उपलब्ध गराउन नसकेर देशैभरिका किसानमा आज हाहाकार मच्चिएको छ । कोभिड–१९ को बहानमा सरकारको यस्तो गैरजिम्मेवार रवैया र मुख्य बाली लगाउने बेलामा किसानलाई परेको यो गम्भीर मर्काप्रति हामी चार किसान सङ्गठनको अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको छ ।

    सुरुमा मल आउँदै छ, केही मौज्दात पनि छ भनेर किसानको मागलाई बेवास्ता गर्दै किसानको आवाजलाई मौन पार्न खोजियो र अन्ततः मल ल्याउन नसक्ने लाचारी प्रकट गरेर उम्कने जुन घोर गैरजिम्मेवार व्यवहार सरकारले देखाएको छ, त्यसको हामी चार किसान सङ्गठन तीव्र निन्दा तथा विरोध र भत्र्सना गर्दछौँ तथा मन्त्रिपरिषद्को आज बसेको पछिल्लो बैठकले पनि किसानको यो समस्याका बारेमा एक शब्द चुइँक्क नबोलेको स्थितिले कृषि र किसानका समस्याप्रति सरकार कति उदासिन रहेको छ भन्ने पनि प्रष्ट देखिएको छ । यस्तो किसिमको रवैयाबाट तत्काल मुक्त भएर किसानलाई आवश्यक मल उपलब्ध गराउन हामी जोडदार माग गर्दछौँ ।

    सुरुमा धान रोपाइँ गर्दा नै रासायनिक मल चाहिने किसानले रोपेको २२ दिनमा ‘टप ड्रेसिङ’ गर्न पाइने आश लगाएर पर्खिएर बसे । तर सरकारले कोरोना भाइरसको कारण लकडाउनको स्थितिमा मल ल्याउन नसक्ने भनेर बहानाबाजी गर्दै तर्कने र किसानसँग झर्कने काम गरेर रमिते भएर बस्यो । अब किसानको धानबाली उत्पादन न्यून हुन जाने र किसान थप मर्कामा पर्ने, आम उपभोक्ताले अनिकाल बेहोर्नुपर्ने र खाद्यान्नलगायतका वस्तुमा फेरि पनि बाह्य देशकै भर पर्नुपर्ने जुन नाजुक स्थिति सिर्जना हुँदै छ, त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्दछ र न्यून उत्पादनको जिम्मा सरकारले लिएर किसानलाई क्षतिपूर्ति दिनुपर्दछ भन्ने पनि हामी माग गर्दछौँ ।”

    साथमा यो पनि

    १५ दिनभित्र मल आपूर्ति गर्न अखिल नेपाल किसान महासंघको माग

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.