पान्डिचेरी (भारत) । पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अठचालिसौँ स्थापना दिवस मनाइएको छ ।
केन्द्रीय उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष जनकराज पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर ७, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रवासमा मूल प्रवाहले खेलेको भूमिका र सङ्गठित आवाजको महत्त्वबारे धारणा राख्नुभयो ।
सम्बोधनको क्रममा उहाँले मूल प्रवाहको इतिहासमा आएका विभिन्न उतारचढाबका बाबजुद पनि सङ्गठन निरन्तर अघि बढेको जिकिर गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा केन्द्रीय सदस्य भगवती कुँवर, नगर समितिको महिला विभागकी जमुना शर्मा, दक्षिण टाउन एरिया समितिका दलबहादुर पुन र भेलिनुर एरियाका दीपक जिसी हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन नगर समितिका सचिव रवि पौडेलले गर्नुभएको थियो भने अध्यक्षता नगर अध्यक्ष गोविन्द शर्माले र उपस्थित जनमानसलाई नगर उपाध्यक्ष गमबहादुर विकले स्वागत गर्नुभएको थियो ।





