काठमाडौं । नेपाल प्रहरीका सबै कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा गरिएको छ । भदौ १२ गतेबाट कोरोना बीमा लागू हुने गरी राष्ट्रिय बीमा कम्पनीमार्फत बीमा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबार विज्ञप्ति प्रकाशित गरी कार्यालयले रुजु हाजिर रहेका सबै कर्मचारीहरुको एक लाख रुपैयाँ सम्मको कोरोना बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको जानकारी गराएको हो ।
‘नेपाल सरकारको आर्थिक वर्ष २०७७।०७८को बजेट वक्तव्य र नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम राष्ट्रसेवक कर्मचारीहरुका लागि बीमा कम्पनीसँग बीमालेख गर्ने सम्बन्धमा बीमा समिति रामशाहपथले मिति २०७७।४।२१ गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, कोरोना बीमा लागू हुनुभन्दा अघि संक्रमित भएका प्रहरीहरुको सेवा सुविधा सम्बन्धमा सरकारको निर्णयअनुसार गरिने पनि प्रधान कार्यालयले जनाएको छ ।