• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको ६० दिने रोक


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन् ।

    Advertisement

    विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न सो निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताए ।

    यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन् । रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ । यस्ता घटनाले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले प्रतिबन्ध र शुल्कको प्रभाव विश्लेषण गर्नुपर्ने उनको भनाइ छ ।

    अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानुनमा रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तालाई कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको थियो । युक्रेन विरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नपाओस् भन्ने यसको उद्देश्य थियो तर कानुन कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत छुट दिएका थिए ।

    रिपब्लिकन सिनेटर थोम टिलिसले यस निर्णयलाई गैरजिम्मेवार भन्दै ऊर्जा मूल्य घटाउन पुटिनलाई सहयोग गर्नुभन्दा इरानको समस्या समाधान गर्नुपर्ने बताए । अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि यसलाई गल्ती भनेका छन् ।

    रुबियोले रुसी डिजेल विश्व बजारमा कुनै न कुनै रूपमा पुग्ने भएकाले अमेरिकाले त्यसको हिस्सा प्राप्त गर्नु व्यावहारिक हुने तर्क गरे । डिजेल सडक निर्माण, कृषि र निर्माण क्षेत्रमा महŒवपूर्ण इन्धन हो । इरान युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताको प्रमुख चिन्तासमेत बनेको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गर्दै ट्रम्पको निर्णयले पुटिनलाई पुरस्कृत गरेको टिप्पणी गरे । (रासस/एएफपी)

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी
    फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
    पाकिस्तानमा सैन्य कारबाही, छ आतङ्कवादी र दुई सैनिकको मृत्यु
    क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.