• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा महँगी विरुद्ध हिंसात्मक प्रदर्शन


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • पेरिस । बढ्दो महँगी विरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ ।

    Advertisement

    घटनामा करिब चार सय जना पक्राउ परेका छन् भने सेन्टएटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ ।

    गृहमन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए । श्रमिक सङ्गठन सिजिटीले भने आठ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ । मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए । लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठुलो क्षति पुगेको छ ।

    प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको निन्दा गर्नुभएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्ने बताए ।

    आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला महँगी, राजनीतिक असन्तुष्टि र विद्यार्थी आन्दोलनले अशान्ति थप चर्काएको छ । मध्यपूर्वको युद्धले युरोपमा मुद्रास्फीति बढाउन योगदान गरेको प्रदर्शनकारीको भनाइ छ ।

    आठ वर्षअघि इन्धन करवृद्धि विरुद्ध आन्दोलन गरेको ‘यल्लो भेस्ट’ समूहले यसपटक ‘यल्लो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो ।

    राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धी नेतृ मरिन लेपेनले हिंसाको निन्दा गर्दै अति वामपन्थी नेता जिनलुक मेलेनचोनको दलले हिंसालाई वैधता दिएको आरोप लगाए । प्रदर्शनलाई समर्थन गर्दै आएका मेलेनचोनले भने लुटपाट आफ्नो आन्दोलनको विधि विपरीत भएको बताउँदै त्यसबाट टाढा रहन आग्रह गरे ।

    पेरिसमा प्रदर्शनकारीले म्याक्रोनको राजीनामा माग्दै नारा लगाएका थिए । केहीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग वर्तमान आन्दोलनको तुलना गरेका छन् । विद्यार्थी प्रतिनिधि निकायका प्रमुख रियाद रानीले सरकार दबाबमा परेको बताउँदै असन्तुष्ट फ्रान्सेली जनता आफ्ना मागबाट पछि नहट्ने धारणा व्यक्त गरे । (रासस/एएफपी)

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी
    फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
    पाकिस्तानमा सैन्य कारबाही, छ आतङ्कवादी र दुई सैनिकको मृत्यु
    क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.