• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अस्ट्रेलियाको दक्षिणी राज्यमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • सिड्नी, २६ असोज।अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।

    Advertisement

    दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका छन्। यससँगै प्रहरीमाथि आक्रमणका घटनामा लगातार वृद्धि भएको यो १२औँ अवधि बनेको छ।

    यसैबीच, लुटपाटका घटनामा १३ प्रतिशतले कमी आएको छ। अघिल्लो १२ महिनामा ५०१ वटा रहेका लुटपाटका घटना घटेर ४३८ मा झरेका छन्। यसअघि पनि लुटपाटका घटनामा १६ प्रतिशतले कमी आएको थियो।

    त्यस्तै, हत्या तथा हत्यासम्बन्धी अपराध २१ प्रतिशतले घटेको छ। यस्ता घटना ५३ बाट घटेर ४२ मा पुगेका छन्। खुद्रा पसल तथा व्यापारिक प्रतिष्ठानबाट हुने चोरीका घटनामा पनि तीन प्रतिशतले कमी आएको छ। यस्ता घटना २१ हजार ७५७ मा झरेका छन्।

    तर, आवासीय घरमा हुने चोरीका घटनामा भने वृद्धि भएको छ। घरमा अनधिकृत प्रवेश गरी चोरी गर्ने घटना ५ हजार ५८४ बाट बढेर ५ हजार ९४७ पुगेका छन्। गैरआवासीय भवन तथा परिसरमा हुने चोरीका घटना पनि ३ हजार ३९१ बाट बढेर ३ हजार ५१३ पुगेका छन्।

    यौनजन्य अपराधका घटनामा समेत सामान्य वृद्धि देखिएको छ। यस्ता घटना २ हजार ७०४ बाट बढेर २ हजार ७१८ पुगेका छन्।

    दक्षिण अस्ट्रेलिया प्रहरीका सहायक आयुक्त डेभिड ओ’डोनोभानले दोहोर्‍याएर अपराध गर्ने व्यक्तिहरूमाथि लक्षित प्रहरी कारबाहीका कारण लुटपाटका घटनामा निरन्तर कमी आएको बताउनुभयो । त्यस्ता व्यक्तिलाई हिरासतमा राख्ने व्यवस्था मिलाउनुका साथै कडा धरौटी सर्त लागू गर्ने कार्यले अपराध नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ।

    लुटपाटबाट पीडित व्यक्तिहरूले भोग्नुपरेको मानसिक तथा भावनात्मक आघातप्रति प्रहरी सचेत रहेको उल्लेख गर्दै उहाँले यस्ता अपराध न्यूनीकरणका लागि आगामी दिनमा पनि निरन्तर काम गरिने बताउनुभएको छ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.