• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्ण रूपमा बन्द


  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
  • मस्को, २५ असोज । रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ ।

    Advertisement

    ‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ ।

    एक साताभित्र यान्डेक्सका डाटा सेन्टरमा आक्रमण भएको यो तेस्रो घटना हो । रूसले युक्रेनका डाटा सेन्टरमा आक्रमण गर्न थालेको केही सातापछि भएका यी घटनाले युक्रेनले पनि रूसी इन्टरनेट पूर्वाधारलाई लक्षित गरेको हुन सक्ने सङ्केत गरेका छन् ।

    यान्डेक्सले टेलिग्राममार्फत जारी गरेको सेवा सूचनामा ड्रोन आक्रमणका कारण भ्लादिमिर क्षेत्रमा रहेको डाटा सेन्टरको पूर्वाधारमा क्षति पुगेको जनाएको छ ।

    आक्रमणमा कोही पनि घाइते नभएको कम्पनीले बताएको छ । घटनास्थलमा आपत्कालीन सेवाका कर्मचारी पुगेका छन् भने कम्पनीले सेवा पुनः सञ्चालन गर्ने उपायबारे मूल्याङ्कन गरिरहेको छ ।

    “डाटा सेन्टरको सञ्चालन पूर्ण रूपमा स्थगित गरिएको छ,” कम्पनीले जनाएको छ । सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रयोगकर्तालाई वैकल्पिक विपद् व्यवस्थापन योजना सक्रिय गर्न पनि उसले सुझाव दिएको छ ।

    क्षति मूल्याङ्कन भइरहेकाले बाँकी स्रोतको अवस्था अस्थिर रहेको र प्राविधिक सहयोगसम्बन्धी सञ्चारमा समेत अवरोध आउन सक्ने कम्पनीले चेतावनी दिएको छ ।

    शुक्रबार यान्डेक्सले कालुगा क्षेत्रमा रहेको आफ्नो अर्को डाटा सेन्टरमा पनि ड्रोन आक्रमणबाट क्षति पुगेको जनाएको थियो । त्यसबाट डाटा सेन्टरका केही मोड्युल सञ्चालनबाहिर पुगेका थिए भने केही सेवामा अवरोध आएको थियो ।

    त्यसको अघिल्लो रात रियाजान क्षेत्रमा रहेको यान्डेक्सको अर्को केन्द्रमा भएको आक्रमणबाट आगलागी भएको थियो । उक्त घटनाले यातायात तथा विद्युतीय व्यापारसम्बन्धी सेवामा व्यापक अवरोध सिर्जना गरेको थियो ।

    आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.