• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अन्तर्राष्ट्रिय न्यायको संरक्षणमा जोड, अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो


  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसंघ/ओटावा,२४ असोज । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ । उहाँहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिताको संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिनुभएको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले शुक्रबार जारी गर्नुभएको वक्तव्यअनुसार महासचिव गुटेरेसले अमेरिकी प्रतिबन्धले अदालतको समग्र कार्यक्षमतामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । विशेषगरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् तथा रोम विधानका पक्ष राष्ट्रहरूले अदालतसमक्ष पठाएका मुद्दाहरूमा काम गर्ने क्षमतामा असर पर्न सक्ने विषयप्रति उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

    प्रवक्ता दुजारिकका अनुसार अन्तर्राष्ट्रिय अपराधमा संलग्न व्यक्तिहरूलाई जवाफदेही बनाउनु र पीडितहरूलाई न्याय उपलब्ध गराउनु विश्वव्यापी शान्ति, सुरक्षा, मानव अधिकार तथा मौलिक स्वतन्त्रताप्रतिको साझा प्रतिबद्धताको महत्त्वपूर्ण हिस्सा हो ।

    महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत र यसका अधिकारीहरूको स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहो¥याउँदै सबै राष्ट्रलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका प्रतिबद्धता पालना गर्न आह्वान गर्नुभएको छ ।

    यसैबीच, क्यानडा, डेनमार्क, जर्मनी, फ्रान्स, इटाली, जापान, नेदरल्यान्ड्स र बेलायतका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी निर्णयप्रति खेद व्यक्त गर्नुभएको छ । रोम विधानका पक्ष राष्ट्रका रूपमा ती आठ देशले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्वतन्त्रता, निष्पक्षता र संस्थागत अखण्डताप्रतिको आफ्नो समर्थन पुनः पुष्टि गर्नुभएको छ ।

    ती राष्ट्रहरूले सन् २०२६ को डिसेम्बरमा हुने रोम विधानका पक्ष राष्ट्रहरूको सभाको तयारीका क्रममा विधानमा आबद्ध नरहेका मुलुकहरूसँग पनि रचनात्मक तथा समावेशी संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अदालतसँग हुने कारोबारमा प्रतिबन्ध लगाउने, यसका स्रोतसाधनमा पहुँच सीमित गर्ने तथा कार्यसञ्चालन क्षमतामा असर पार्ने उद्देश्यसहित प्रतिबन्धको घोषणा गर्नुभएको थियो ।

    यस घटनाक्रमले अन्तर्राष्ट्रिय न्याय, कानुनी जवाफदेहिता तथा बहुपक्षीय सहकार्यको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ ।

    शनिबार, असोज २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.