• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इरानले युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • तेहरान, २३ असोज । सात दिनभित्र युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावमा अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आगामी केही दिनभित्र अमेरिकी विचारको जवाफ दिने बताउनुभएको छ ।

    Advertisement

    तेहरानमा बिहीबार आयोजित अन्त्येष्टि समारोहका क्रममा उहाँले वार्ता जारी रहेको र तेहरान तथा वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको जानकारी दिनुभयो । इरानले आफ्नो सातदिने योजनासम्बन्धी अमेरिकी धारणा प्राप्त गरिसकेको र त्यसको समीक्षा भइरहेको उहाँले बताउनुभयो ।

    इरानले सेप्टेम्बर २२ मा न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ सत्रका अवसरमा मध्यस्थकर्तामार्फत अमेरिका समक्ष युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने योजना प्रस्तुत गरेको थियो । उक्त योजनाअनुसार अमेरिकाले इरानका सर्त स्वीकार गरेमा सात दिनभित्र युद्ध अन्त्य गरी जलमार्ग पुनः खोल्ने प्रस्ताव गरिएको थियो ।

    इरानी अधिकारीहरूले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नु र हर्मुज जलघाँटी पुनः खोल्नु नै जारी कूटनीतिक प्रक्रियाको मुख्य उद्देश्य रहेको बताउँदै आएका छन् ।

    यद्यपि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार रोयटर्ससँगको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि इरानले आफ्नो आणविक संवर्धन क्षमतामा अर्थपूर्ण कटौती गर्नुपर्ने बताउनुभएको थियो । उहाँले इरानले अमेरिकी माग पूरा गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    यसको जवाफमा इरानको आणविक ऊर्जा सङ्गठनका अध्यक्ष मोहम्मद एस्लामीले बिहीबार युरेनियम संवर्धन आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउनुभयो। अमेरिकी धम्की र सैन्य कारबाहीका बाबजुद इरान आफ्नो अडानबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो।

    इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसारसम्बन्धी सन्धिअनुरूप रहेको दाबी पनि एस्लामीले गर्नुभयो ।

    गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा यस क्षेत्रका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। त्यससँगै इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।

    युद्धरत पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    उक्त समझदारीअनुसार अन्तिम सम्झौतामा पुग्न दुवै देशले अगस्ट १७ मा समाप्त हुने ६० दिनको अवधिभित्र वार्ता गर्ने सहमति गरेका थिए । तर, तनाव बढ्दै गएपछि दुवै पक्षले वार्तामा उल्लेखनीय प्रगति गर्न सकेनन् ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.