• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • किन्शासा, २३ असोज । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन् ।

    Advertisement

    कङ्गोका स्वास्थ्य अधिकारीका अनुसार अक्टोबर ६ सम्ममा आठ हजार ७२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार २०५ जनाको मृत्यु भएको छ । मे महिनाको मध्यमा प्रकोप घोषणा भएयता सात प्रान्तका ६४ स्वास्थ्य क्षेत्रमा सङ्क्रमण फैलिएको छ ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारी वेसम मानकोलाका अनुसार पछिल्ला तीन सातामा इटुरी प्रान्तमा सङ्क्रमण २४ प्रतिशत र उत्तरी किभुमा १९ प्रतिशतले घटेको छ । तर, असुरक्षा र स्थानीय समुदायको असहयोगले सङ्क्रमणको निगरानी तथा विवरण सङ्कलनमा बाधा पु¥याएकाले वास्तविक अवस्था फरक हुन सक्ने उहाँले बताउनुभयो । प्रभावित ६४ स्वास्थ्य क्षेत्रमध्ये ४७ वटामा अझै सक्रिय सङ्क्रमण छ । इबोलाबाट हुने ६० देखि ७० प्रतिशत मृत्यु स्वास्थ्य संस्थाबाहिर हुने गरेको र सम्पर्कमा आएका व्यक्तिको पहिचानमा कमजोरी रहेको अधिकारीहरूले बताएका छन् ।

    यसैबीच, केन्यामा पहिलो पटक बाहिरबाट भित्रिएको इबोला सङ्क्रमण पुष्टि भएपछि क्षेत्रीय जोखिम बढेको छ । कङ्गोमा बस्दै आएका ४० वर्षीय केन्याली व्यापारीमा सङ्क्रमण पुष्टि भएको थियो । उनी सेप्टेम्बरमा बिरामी परेको र अक्टोबर ३ मा युगान्डा हुँदै नैरोबी पुगेका थिए । सोमबार उनको मृत्यु भएको थियो । केन्याका अधिकारीले कम्पालाबाट नैरोबी गएको उडानका यात्रु तथा चालक दलका सदस्यसहित ५५ जनालाई निगरानीमा राखेका छन् । कङ्गो, युगान्डा र केन्याले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान गर्न सहकार्य गरिरहेका छन् ।

    डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले निगरानी र समुदायसँगको सहकार्यमा सुधार भए पनि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी पर्याप्त नभएको बताउनुभएको छ । उहाँले केन्याले सङ्क्रमणबारे तत्काल जानकारी गराएकोमा प्रशंसा गर्दै पारदर्शितालाई दण्डित नभई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । दुवै स्वास्थ्य निकायले यात्रा प्रतिबन्धको सट्टा स्वास्थ्य परीक्षण, शीघ्र पहिचान र सूचनाको आदानप्रदानमा जोड दिएका छन् ।

    बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध हालसम्म विशेष खोप वा उपचार स्वीकृत भएको छैन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको प्रारम्भिक परीक्षण अक्टोबर ६ मा युगान्डामा सुरु भएको छ भने मोडर्नाले विकास गरेको अर्को खोपले परीक्षणका लागि नैतिक स्वीकृति पाएको छ ।

    कङ्गोले जाइर इबोला भाइरसविरुद्ध स्वीकृत एरभेबो खोपको ७० हजार मात्रा प्राप्त गरे पनि त्यो बुन्डिबुग्यो भाइरसविरुद्ध प्रभावकारी प्रमाणित भएको छैन । अक्टोबर ७ सम्ममा सात हजार ७७५ स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइएको छ । थप ८४८ जनाले अनुसन्धान कार्यक्रमअन्तर्गत खोप पाए पनि आपूर्तिको अभावमा उक्त कार्यक्रम स्थगित भएको छ । प्रयोगात्मक उपचारको परीक्षणमा ६५४ जना सहभागी छन् ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो अभिलेखमा सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला प्रकोप हो । यो विश्वकै दोस्रो ठूलो र कङ्गोमा अहिलेसम्मकै ठूलो प्रकोप हो । मानवीय सङ्कट जारी रहेकाले नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा अधिकारीहरूले जोड दिएका छन् ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.