प्युठान । प्रदेश पाँचको प्यूठानमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय शुरेस घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।
साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइ विरामी परेका थिए । च्याउ खाएपछि विरामी भएका ति दुई दाजुभाईको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार च्याउ खाँदा परिवारकै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीय लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उहाँहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको प्यूठान प्रहरीले जनाएको छ ।
उहाँहरुको मृत्युबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी गराउनुभएको छ ।