• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अभिभावकको विदेशमा मृत्युः स्वदेशमा परिवारको पीडा


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • रोल्पा । रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । बीस वर्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्यु भयो ।

    Advertisement

    घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीेमती भावना वली व्यक्त गर्नुहुन्छ ।

    सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँंगै बस्दै आउनुभएका भावनाले भन्नुभयो, ‘सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हुँदै छन्, पढाइ खर्च पु-याउनै गाह्रो छ ।’

    साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो । विदेश जाने युवाको संख्या घट्दै गए पनि मृत्यु हुनेको सङ्ख्या भने घट्न सकेको छैन ।

    महरा र पुन त रोल्पाका प्रतिनिधि पात्र मात्रै हुन् । स्वेदशमा रोजगारीको सम्भावना नभएपछि विदेश जान बाध्य युवा हरेक वर्ष रातो बाकसमा फर्कने गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ सम्म वैदेशिक रोजगारीका सिलसिलमा २९ जनाले खाडी मुलकमा ज्यान गुमाएका थिए ।

    यसैगरी आव २०७६/०७७ मा खाडी गएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

    नेपालमा नै रोजगारी नभएर युवा विदेशिनुपरेको नेकपाका जिल्ला सचिव हरि घर्ती बताउनुहुन्छ । सरकारले युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याएर उत्पादनमा लगाएमा मात्रै विदेशिने क्रम रोकिने उहाँको विचार छ ।

    उहाँका अनुसार रोल्पाका धैरैजसो आर्थिक स्थिति कमजोर भएका युवा वैदेशिक रोजगारीमा छन् । तेस्रो मुलुक गएका मात्र नभएर भारतबाट आएकालाई पनि पहिचान गरी आर्थिक अवस्था कमजोर रहेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    द्वन्द्वकालमा बढी पीडित, शिक्षाको अवसरबाट टाढा रहेका र नियमित पढ्न जानबाट वञ्चित अधिकांश युवा राहदानी लिन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जानकारी दिनुभयो । बैंकमा खाता खोलेका ३१ मृतकका आफन्तले राहत पाइरहेको समेत शर्माले बताउनुभयो ।

    ‘कतिपयको खाता खोल्न बाँकी नै रहेको छ’, उहाँले भन्नुभयो ।

    गरीबी र अशिक्षाका कारण विदेशिन बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकका रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन् । जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो सङ्ख्यामा तन्नेरीहरु मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन् । यसरी विदेशिनेमध्ये अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्लामा कुल दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेकामा करीब ४० हजार युवा वैदेशिक रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक जाने गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट हालसम्म दुई हजार २७३ र वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुगेका २४३ जना जिल्लामा फर्किसकेका छन् ।

    यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ । शुरुआतमा पुरुष मात्र विदेश जाने गरेकामा पछिल्ला दिनमा महिलासमेत जान थालेका छन् । घरमा कमाइ गर्ने पुरुष नभएका परिवारबाट महिलासमेत विदेश गएर काम गर्न बाध्य छन् । रासस

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.