काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहेको गाडीको ठक्करबाट दुई महिला घाइते भएका छन्।
Advertisement
मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक बा १ झ ५५ ५४ नम्बरको प्रहरीको गाडीले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरीको सो गाडी प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको थियो । सोही क्रममा स्कुटीलाई ठक्कर दिँदा नुवाकोटकी २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
गाडी चालकलाई सिंहदरबार बृत्तमा राखिएको ट्राफिक महाशाखाले जनाएको छ ।