• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ३. हार्दिक शुभकामना

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ७. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • १०. फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज १३ । राष्ट्रिय जनमोर्चाले अविरल वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

    Advertisement

    पार्टीले जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलनलाई गम्भीर संकटका रूपमा व्याख्या गर्दै जनधनको सुरक्षाका लागि पूर्वतयारी र पर्यावरण संरक्षणका ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले २०८३ असौज १३ गते मंगलबार जारी गरेको प्रेस वक्तव्यमा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै, विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।

    राष्ट्रिय जनमोर्चाले जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, अनियमित वर्षा, बाढीपहिरो, हुरीबतास, आँधी र डढेलोजस्ता प्राकृतिक विपत्तिहरू बढ्दै गएको उल्लेख गरेको छ । औद्योगिक राष्ट्रहरूबाट हुने हरितगृह ग्यास उत्सर्जन र विकासका नाममा गरिने अनियन्त्रित तथा विनाशकारी गतिविधिले पर्यावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको पार्टीको ठहर छ ।

    वक्तव्यको पूर्णपाठ :

    “अविरल वर्षा र बाढीका कारणले देशका विभिन्न भागमा भएको जनधनको क्षतिको लागि हामीले गहिरो दुःख प्रकट गर्दछौँ । बाढीपहिरोबाट जीवन गुमाएकाप्रति श्रद्धाञ्जली र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । यसका साथै बाढीपहिरो पीडितहरूलाई आवश्यक राहतको व्यवस्था मिलाउन हामीले सरकारसँग माग गर्दछौँ ।

    जलबायुमा व्यापक परिवर्तन आउन थालेको छ । यसले गर्दा अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी, पहिरो, हुरीबतास, आँधी, डढेलो जस्ता घटना बढिरहेका छन् । यसबाट प्राणी जगतको अवस्था जोखिम बन्न थालेको छ । औधोगिक राष्ट्रहरूले उत्सर्जन गरेको कार्वनमोनोक्साइडका कारण वायुमण्डलीय वजनतहमा गम्भीर असर पर्दै गएको छ । हरितगृह ग्यासको मात्राले पृथ्वीमा तापक्रममा निरन्तर वृद्धि हुँदै गएको छ । यसले पर्यावरणीय सन्तुलनलाई बिगार्दै लगेको छ ।

    जलबायुमा भएको परिवर्तनले सबैभन्दा बढी प्रभावित प्राणी जगत नै हो, जसले ठुलाठुला विपत्तिहरूको सामना गर्नुपरेको अवस्था छ । यस प्रकारको परिस्थिति सिर्जना हुनुमा साम्राज्यवादी मुलुकहरूले पर्यावरणमाथि गरेको अतिक्रमण नै हो । विकासका नाममा भएका अनियन्त्रित र ध्वंसात्मक क्रियाकलापले नै पर्यावरणलाई संकटमा पार्दै लगेका छन् । पर्यावरणमाथिका यस प्रकारका अतिक्रमणहरूले अन्ततः मानवजाति र सम्पूर्ण प्राणी जगतलाई विनाश गरेर लैजाने छन् ।

    नेपालले अहिले जलवायु परिवर्तनको गम्भीर समस्या भोगिरहेको छ । भोटेकोशी बाढी त्यसको ज्वलन्त उदाहरणको रुपमा हाम्रो अगाडि खडा छ । त्यो बाढीको क्षतिले पर्यावरण असन्तुलनको भविष्यमा आउने भयानक परिणामको पूर्व संकेतलाई प्रस्तुत गर्दछ । यदि पर्यावरणलाई रक्षा नगर्ने हो भने भविष्यमा कस्तो संकट आउने छ भन्ने कुराको अहिले नै पुर्वानुमान गर्न सकिन्छ ।

    हामीले विगत वर्षहरूबाट पर्यावरण संरक्षणका लागि व्यापक आवाज उठाउँदै आएका छौँ । विगतमा नेपालमा भएका चुरे पहाड, चुनढुंगा लगायतमा भएका अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले व्यापक आवाज उठाएको छ । साम्राज्यवादी मुलुकहरुले प्राणी जगतलाई विनाश गर्ने गरी गरेको कार्वन उत्सर्जनको विरुद्धमा हामीले अन्तर्राष्ट्रिय ऐक्यवद्धता कायम गर्दै सङ्घर्ष गर्दै आएका छौँ र भविष्यमा पनि हाम्रो त्यो संघर्ष निरन्तर रहने छ ।

    जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलन मानवजाति तथा नेपालका लागि गम्भीर संकट बन्दै गएकोले यसको समाधानका लागि पूर्वसतर्कता र समयमै सरकारी पहलकदमी आवश्यक छ । पर्यावरणीय विनाशका लागि साम्राज्यवादी मुलुकहरूको भूमिका मुख्य रहेकोले त्यसका विरुद्ध विश्वव्यापी रूपमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता छ । यसका साथै सरकारले पर्यावरणीय संकटबाट जनधनको रक्षा गर्न पूर्वतयारी गर्नुपर्दछ र पर्यावरण संरक्षरणका ठोस कदम उठाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन चाहन्छौँ ।”

    २०८३ असोज १३ गते ।

    रश्मीराज नेपाली
    कार्यवाहक अध्यक्ष

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
    अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार
    शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला
    चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता
    घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    भर्खरै

    • १.
      छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

    • २.
      अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ३.
      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

    • ४.
      शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

    • ५.
      जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

    • ६.
      चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    • ७.
      घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    • ८.
      झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.