• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

एसियन गेम्स क्रिकेटमा नेपालको जित

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • खोटाङ, ९ असोज । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ ।

    Advertisement

    अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार यही असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रशासनद्वारा जारी सूचनाको बर्खिलाप हुनेगरी व्यवसायीले सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।

    नदी तथा खोलाकिनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन, जोखिमको सङ्केत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।

    त्यस्तै, अतिआवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ ।

    पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित गरी तयारी अवस्थामा राख्नसमेत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै, खोटाङका दशवटै स्थानीय तहका शैक्षिक संस्थाले बिदा दिएका छन् ।

    बेमौसममा सुरु भएको भारी वर्षाका कारण जिल्लाका किसान चिन्तित भएका छन् । वर्षाले पाक्न लागेको अन्नबालीमा ठूलो क्षति पुग्ने भएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् ।

    रोल्पामा सवारी सञ्चालनमा रोक

    अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आइतबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म रोल्पाका मुख्य तथा सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । रोल्पा र छिमेकी जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अत्यधिक भारी वर्षाका कारण बाढी, पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्भावित धनजनको क्षति हुन नदिन रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो । प्रशासनका अनुसार जिल्लाभित्र पर्ने मदन भण्डारी राजमार्गका सबै सडकखण्ड २४सै घण्टा बन्द गरिनेछ ।

    सहिदमार्ग, सुलिचौर–लिवाङ सडकलगायत अन्य स्थानीय सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । विपद्को घटना भएमा, तत्काल उद्धार गर्नुपर्ने अवस्था भएमा, सडक अवरुद्ध भएमा नेपाल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    रुकुमपूर्वमा सवारी सञ्चालनमा रोक

    भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रुकुमपूर्वमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाका मुख्य राजमार्ग तथा भित्री सडकमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमद्वारा जारी सूचनामा दिउँसोको समयमा मौसम र सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न तथा गराउन आग्रह गरिएको छ ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी
    वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ
    युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय
    सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने
    कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार
    भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    • २.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    • ३.
      भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

    • ४.
      युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

    • ५.
      सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

    • ६.
      कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

    • ७.
      भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    • ८.
      नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.