• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

एसियन गेम्स क्रिकेटमा नेपालको जित

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • बैङ्कक, ९ असोज । नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् ।

    Advertisement

    छत्तिस वर्षीया ओलेना कालिनिचेन्को ५६ जनाको समूहमा हुनुहुन्थ्यो, जसमा अधिकांश युक्रेनी नागरिक थिए । उनीहरू आध्यात्मिक अभ्यासका लागि तिब्बतस्थित कैलाश पर्वत पुगेका थिए । घर फर्कने क्रममा चीनबाट नेपालतर्फ आउँदै गर्दा अगस्ट २६ मा आएको बाढीपछि उनीहरू बेपत्ता भएका हुन् ।

    बाढी आउनुभन्दा करिब १५ मिनेटअघि चीनको सीमा चौकीबाट बाहिरिँदै गर्दा कालिनिचेन्को अन्तिमपटक देखिनुभएको थियो । उहाँले चीनबाट किनेको ‘क्रिसान्थेमम’ चिया घर फर्किएपछि साथीसँग पिउने योजना बनाउनुभएको थियो ।

    उहाँका साथी ओलेस भिसिचले एक महिनादेखि उहाँको खबरको प्रतीक्षा गरिरहनुभएको छ । “उनले घर फर्किएपछि हामी चिनियाँ फूलबाट बनेको चिया पिउनेछौँ भनेकी थिइन्”, उहाँले भन्नुभयो ।

    नेपाल सरकारका अनुसार बाढीमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने छ हजारभन्दा बढी बेपत्ता छन् । तीमध्ये अधिकांश नेपाली भू–भागतर्फका छन् । नेपालले ५४ युक्रेनीसहित ६३६ विदेशी नागरिक अझै बेपत्ता रहेको जनाएको छ । चीनले आफ्नो भूभागमा २६१ विदेशी नागरिक बेपत्ता भएको र तीमध्ये एक युक्रेनी रहेको जनाएको छ ।

    नेपालले हालसम्म एक हजार ४५१ शव फेला पारेको जनाएको छ, तर ११२ शव मात्र परिवारलाई हस्तान्तरण गरिएको छ । सरकारले दुई हजार ३५ जना आफन्तबाट डीएनए नमूना सङ्कलन गरेको जनाएको छ । तर कति शवको पहिचान भइसकेको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

    बाढीका कारण नेपालतर्फको अध्यागमन कार्यालय र अभिलेख नष्ट भएकाले चीनबाट निस्किएका केही व्यक्तिले नेपाल प्रवेश गरे वा नगरेको यकिन गर्न कठिन भएको छ । केही परिवारलाई चिनियाँ अधिकारीहरूले उनीहरूका आफन्त बाढी आउनुअघि नै चिनियाँ भू–भागबाट बाहिरिसकेको बताएका छन् ।

    आध्यात्मिक शिक्षिका इरिना ब्लोन्स्कायाको नेतृत्वमा रहेको उक्त समूह तिब्बतबाट बसमार्फत काठमाडौँ आउने र त्यहाँबाट आ–आफ्नो देशतर्फ उड्ने योजनामा थियो । पहाडबाट आएको बरफ, चट्टान, हिलो र पानीसहितको तीव्र भेलले कैलाश जाने तीर्थयात्रीहरूले प्रयोग गर्ने केरुङ बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको थियो ।

    बेपत्ता व्यक्तिका परिवारहरूले खोजी र पहिचान प्रक्रिया निकै सुस्त भएको गुनासो गरेका छन् । नर्वेमा रहेकी भ्लादिस्लाभा होर्लोभाले आफ्नी आमाको खोजीका लागि युक्रेनी दूतावास, नर्वेली प्रहरी र रेडक्रसलगायत संस्थासँग सम्पर्क गर्नुभएको छ । उहाँले प्रहरीलाई डीएनए नमूनासमेत दिनुभएको छ ।

    यद्यपि विपद्को एक महिना बितिसकेको छ, केही परिवारले अझै आफन्त जीवितै भेटिने आशा गरेका छन् । कालिनिचेन्कोका साथी भिसिचले पनि सकारात्मक रहने प्रयास गरिरहेको बताउनुभएको छ ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी
    वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ
    भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक
    युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय
    सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने
    कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    • २.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    • ३.
      भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

    • ४.
      युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

    • ५.
      सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

    • ६.
      कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

    • ७.
      भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    • ८.
      नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.