• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ९ असोज । इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको बताउनुभएको हो ।

    Advertisement

    अराघचीका अनुसार केही सर्त पूरा भए सातौँ दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खुला गरिने र त्यसपछि आणविक कार्यक्रमबारे विस्तृत वार्ता पुनः सुरु हुनेछ । उहाँले प्रस्ताव यसै वर्षको जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको बताउँदै अमेरिकी मध्यावधि निर्वाचनअघि नै सम्झौता भए राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

    जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले अमेरिकी पक्षसमक्ष आफ्ना सर्त र आवश्यकता स्पष्ट गरिसकेको बताउनुभयो । क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न अमेरिकी सैन्य हस्तक्षेप अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    इरान आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको बताउँदै उहाँले वार्ताका क्रममा इरानले देखाएको सद्भाव तथा अमेरिका र इजरायलबाट भएका सैन्य आक्रमणलाई बेवास्ता गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले हर्मुज जलघाँटीमा उत्पन्न असुरक्षाका लागि इरानलाई मात्र जिम्मेवार देखाउने प्रयासको पनि आलोचना गर्नुभयो ।

    अराघचीले अमेरिका र केही युरोपेली मुलुकले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन तथा एकपक्षीय दबाबलाई बेवास्ता गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसङ्घप्रति विश्वास पुनःस्थापित गर्न सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त पालना गर्नुपर्ने बताउनुभयो ।

    यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ‘फक्स न्युज’ सँगको अन्तर्वार्तामा जुनमा अमेरिका र इरानबीच भएको समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी पक्ष जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । उहाँले इरानले हर्मुज जलघाँटी बन्द नगरेको र संवादमार्फत समाधान खोज्न आफूहरू अझै तयार रहेको बताउनुभयो ।

    यसअघि इरानले अमेरिकी सैन्य दबाब घटाइए तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाइए सात दिनभित्र हर्मुज जलघाँटी पुनः खोल्न सकिने जनाएको थियो । इरानी अधिकारीहरूले सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत प्रस्ताव पठाइएको बताएका छन् ।

    विश्वको महत्त्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापार मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको अवरोधले क्षेत्रीय द्वन्द्वसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पार्ने गरेको छ ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    • २.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • ३.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ४.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ५.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ६.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ७.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ८.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.