गाको छैन अझै पनि हावा सरी कोरोना ।
तीज आयो सबैलाई शुभकामना।।
सधैँ तीज गाउने गर्थ्यौं सँगीसाथी जम्मा भै।
यसपालीको तीज घरै बसी मनाउँ है।।
सुन्नु होला बाबा आमा अनी प्यारा दाजुभाइ।
बिमारीले सताएको गीत बरीलै।।
आपत र विपतको बन्यो सबै शहर।
आफ्नै गाँउ फर्कनेको लाग्यो लहर।।
वर्षौंदेखी घर बिर्सी बसेकालाई विदेश।
कोरोनाले बाध्य बनाई फर्के स्वदेश।।
हिँड्दै डुल्दै मुर्छै परे मरे कति देखियो।
यसपाली त आपतकै गीत लेखियो।।
मजदुरीको रोजी रोटी सबै कुरा छिनियो ।
भन्न थाले आफ्नै देशमा जान हिँडियो।।
घरभित्रै बन्दी जस्तो सबै मानिस थुनियो ।
कोरोनाले मान्छे मरे भन्ने सुनियो।।
आफ्नालाई नी परै बाट भेट्ने सम्म गरायो।
प्रवासीले बल्ल नेपाल मनै परायो।।
धेरै कुरा नराम्रो भो केही कुरा सिकायो।
वर्षौंदेखी टाढिनेलाई गाँउमा झिकायो।।
भत्किएका घरहरु गाँउमा पोत्ने गरायो ।
बाँझा बारी बाँझा खेत जोत्नी गरायो।
कतिलाई सडक पेटी घर न घाट बनायो ।
कैँयौ शहर कोरोनाले शून्य बनायो।।
कती मरे फाँसी लगाई डिप्रेसनमा आएर ।
कती मरे विमारी मै विष खाएर ।।
कती हिँडे सडक पेटी भोको पेट पालन।
मनकारी मानिस हिँडे राहत बाँडन।।
कतीलाई घरबेटीले सडकमा निकाले ।
कतीले परिवार झैँ घरमै बसाले ।।
मठ मन्दिर बन्द गरी सबै पैसा लुकाए ।
लाखौंलाख मजदुरले घाँटी सुकाए।।
मूलप्रवाह अघि बढ्यो बाँड्न भनी राहत ।
सहयोग गर्यो संगठनले सवलाई पर्दा आपत ।।
नेपालीको पीर नबुझ्ने रैछ हाम्रो राजदूत।
प्रवासबाट कुरा बुझ्यौँ हामीले अब त ।।
दश मीनट मै राहत दिने मिडीयाको बयान ।
बयान मात्र जन्ता माझ लागू भएन।।
मिडियाले झुटो बोल्यो चिप्ला चिप्ला कुरामा ।
मूलप्रवाहले राहात बाँड्यो कुना कुनामा ।।
कतिपय संघसंस्थाले गरे ठुलो सहयोग ।
थाहा पायौं दूतावासको अति असहयोग।।
बिमारीको डर नमानी पुग्यौं घर घरमा ।
मजदुरको दुःख देख्यौं शहर शहरमा ।।
जे भएनी सँगै हिँडौ हातेमालो गरेर ।
दुःखमा साथी बन्ने गरौं अघि बढेर।।
कोरोनाको अन्त गरौं लगाएर लगाम ।
यो गीतको अन्त्य गर्छु सबलाई सलाम ।।
जुना भण्डारी चालिसे (हाल चण्डीगढ, भारत)