• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ४. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ५. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ६. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ७. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ८. हार्दिक शुभकामना

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।

    Advertisement

    भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताउनुभयो । यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उहाँले बताउनुभयो । विशेष गरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने बेलामा रोगको असर सबैभन्दा बढी देखिने गरेको छ । रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको उहाँको भनाइ छ ।

    खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन् । रोगका कारण खुर्सानीलाई रातो बनाएर बोटमा अड्याउनै नसकिने स्थिति बनेको किसानको गुनासो छ ।

    स्थानीय कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे (डढुवा) नै देखिए पनि खुर्सानीमा अन्य बहुआयामिक समस्या एकैसाथ थपिएका छन् । खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने जस्ता रोगले उत्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

    “खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” उहाँले भन्नुभयो, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पुर्‍याएको छ । खुर्सानी बारी नै सखाप पारेको अवस्था छ ।”

    रोगको सङ्क्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप क्षति हुन नदिन किसानहरूले बिग्रिएका र सङ्क्रमित बोट उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनभित्रै सम्पूर्ण बारीभरि फैलिने भएकाले यसलाई नियन्त्रण गर्न कठिन भइरहेको किसानको भनाइ छ ।

    भोजपुरमा पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका थिए । उत्पादनको सुरुवातमै रोग र किराको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउने अवस्था रहेको किसानको भनाइ छ ।

    खुर्सानीमा मुख्य समस्या देखिएको क्षेत्रमा स्थल तालिम सञ्चालनसँगै, विषादीको प्रयोग तथा अन्य रोकथामका उपायका विषयमा जानकारी दिने काम भईरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार यस वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टरमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा रु २३ करोड भित्रिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बरालले बताउनुभयो ।

    जिल्लाको पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पादन भएका खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायतका सहर निकासी हुने गर्दछ ।

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ४.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ५.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ६.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    भर्खरै

    • १.
      अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    • २.
      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    • ३.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • ४.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ५.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ६.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ७.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ८.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.