• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गरिबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी


  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
  • खोटाङ । गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको मिटरबक्स वितरणका क्रममा रकम असुल गरिएको भन्दै ४१ घर उपभोक्ताले वडा कार्यालयमा संयुक्त उजुरी दिएका हुन् ।

    Advertisement

    विद्युतीकरणको काम भइरहेको खार्मीमा २९ घर स्थानीय बासिन्दाले पोल ढुवानीका क्रममा समेत उपभोक्ता समितिलाई एक÷एक हजार पैसा तिरेको भन्दै वडा कार्यालयमा रकम फिर्ताका लागि निवेदन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब घरपरिवारका लागि निःशुल्क उपलब्ध भएको मिटरबक्समा रु ७५० देखि रु दुई हजारसम्म रकम असुलेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० वडा कार्यसमिति खार्मीका अध्यक्ष हर्कराज राईले बताउनुभयो ।

    निःशुल्क पाउने मिटरबक्समा रकम असुलेको आवाज नेकपा वडा समितिले उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्विपक्षीय छलफल भएको थियो । छलफलमा पक्ष र विपक्षबीच कुरा बाझिएपछि पीडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरिएअनुसार उनीहरुले शुक्रबार वडा कार्यालयमा निवेदन दिएका हुन् ।

    पीडित भनिएका घरधुरीबाट संयुक्तरूपमा निवेदन आएकाले पुनः व्यक्तिगतरूपमा छुट्टाछुट्टै निवेदन दिन आग्रह गरिएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो ।

    ‘उहाँहरुले एउटै निवेदनमा सही गराएर ल्याउनुभएको रहेछ । नागरिकता र लालपुर्जाको फोटोकपीसहित पीडितलाई निवेदन ल्याउन भनिएको छ’, उहाँले भन्नुभयो, ‘निवेदनमा मिटरबक्स र पोल ढुवानीका क्रममा उठाएको पैसा फिर्ता दिन माग गरिएको छ । लालपुर्जाको आधारमा विपन्न हो वा होइन छुट्याएर कारवाही अघि बढाउँछौँ ।’

    गरिब घरपरिवारलाई निःशुल्क दिनुपर्ने मिटरबक्स सःशुल्क वितरण गरिएको भन्दै नेकपा वडा समिति खार्मीले साउन २६ गते जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो । प्राधिकरणबाट गरिब तथा विपन्नको नाममा गाउँ लगिएको मिटरबक्स सम्पन्न परिवारलाई पनि विपन्नको सिफारिस दिएर सःशुल्क वितरण गरेको नेकपाको दाबी छ ।

    नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार खार्मीमा विसं २०७६ मा ७३ घरधुरी र २०७७ मा ४२ घरधुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ तर उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर रु ७५०, रु एक हजार, रु एक हजार २०० र रु दुई हजारसम्म असुल गरेको ज्ञापनपत्रमा भनिएको छ ।

    विद्युत् विस्तार समितिले गरिब घरपरिवारबाट शुल्क लिएको प्रमाणसहित कारवाहीको माग गर्दा पनि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले चासो नदिएको नेकपा वडा समितिले आरोप लगाएको छ । प्राधिकरणका अनुसार मिटरबक्स लिन विपन्नलाई सेवा शुल्कवापत रु ५५ मात्र लाग्ने व्यवस्था छ । आरोपित उपभोक्ता समितिका अध्यक्ष राईले भने मिटरबक्सवापत रकम नलिएको जिकिर गर्दै आउनुभएको छ । खार्मीमा वितरण गरिएको मिटरबक्सको विवादलाई राजनीतिक ‘इस्यू’समेत बनाइएको टिप्पणी गरिएको छ । रासस

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.