• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

महिलालाई सम्पत्तिको रखवाला बनाइएको छ, मालिक होइनः पौडेल


  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
  • धनबीर पुन, नयाँ दिल्ली (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा भर्जुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भूमिका’ विषयक सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवं संघीय सांसद दुर्गा पौडेको प्रमुख आतित्थ्यता रहेको थियो ।

    Advertisement

    पौडेलले नयाँ संविधानले महिलाहरुलाई केही अधिकार दिएता पनि सम्पत्तिको रखवालाको रुपमा राख्ने प्रावाधान अत्यन्तै पक्षपाति रहेको बताउनु भयो । ‘महिलाले आफ्नो नाममा सम्पत्ती राख्न पाउने भएता पनि बेच्नविखन गर्न नपाउने जुन व्यवस्था छ, त्यो अव्यवहारिक छ’ पौडेलले भन्नु भयो, ‘संविधानमा भएका यसप्रकारका कम्जोर र असमान व्यवहारको हामीले विरोध गर्दै आफ्नो अधिकार सुनिश्चित गर्नु पर्दछ ।’

    पञ्चायती व्यवस्था भन्दा गणतन्त्र तुलनात्मक रुपमा राम्रो व्यवस्था भएको पौडेलले बताउनु भयो । तर संघर्षलाई अझ उच्च रुपमा लैजाँदै वर्गविहीन समाज निर्माण गर्ने प्रयत्न हुनुपर्ने पौडेलले बताउनुभयो ।

    ‘पञ्चायती व्यवस्था भन्दा गणतन्त्र तुलनात्मक रुपमा राम्रो व्यवस्था हो, तर जबसम्म जनताको आफ्नो राज्य व्यवस्था कायम हुँदैन तबसम्मलाई मात्रै यसलाई सकारात्मक रुपमा लिन सकिन्छ’ पौडेलले भन्नु भयो, ‘महिला पुरुष विचको विभेद अन्त्यका लागि वर्गविहीन समाजको निर्माण हुनुपर्ने आवश्यकता छ, जबसम्म वर्गविहीन समाज निर्माण हुँदैन तबसम्म सम्पूर्ण शोषित पीडितहरु आन्दोलनमा खटिरहनु पर्ने आवश्यकता छ ।’

    पौडेलले नेपालको विभिन्न राजनीतिक आन्दोलनमा भारत प्रवासमा स्थापित भएको एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत स्मरण गर्नुभयो । १२ मई १९८६ को आन्दोलनमा १२ जना महिला नेतृत्वहरु सहित ९६ जना नेता कार्यकर्ताहरुले लामो समयसम्म मुद्दा खेप्नु परेको स्मरण गर्दै आम प्रवासी नेपाली महिलाहरुलाई संगठनको आवश्यकता र संगठित आवाजको ताकतको बारेमा अवगत गराएको बताउनुभयो ।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद मिना पुनले भारत प्रवासमा संगठित भई स्वदेश फर्किनु भएका नेपाली महिलाहरुले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । पुनले तीजमा श्रीमानको आयु बढाउन उपवास बस्ने पक्ष धर्म संस्कारको रुपमा आएता पनि वैज्ञानिक हिसाबले कहिं कतै मेल नखाएको बताउनु भयो ।

    ‘श्रीमतीले उपवास बसेर, श्रीमानको आयु बढ्छ भन्ने कुरालाई कसरी विश्वास गर्न सकिन्छ ?’ अध्यक्ष पुनले भन्नु भयो, ‘विज्ञानको तर्क अनुसार कहिले काहीं हामीले शरीरलाई निरआहार राख्नु राम्रो हो । त्यस हिसाबले जसले उपवास गर्दछ, उसैको आयु बढ्छ ।’

    अझै पनि महिलाहरुलाई मासिक रुपमा हुने रजस्वलालाई समाजमा पापको रुपमा हेरिने गरेको पुनले बताउनु भयो । कर्णाली प्रदेशमा अझै पनि छाउपडि प्रथाले घर गर्दा कैयौंले अकाल मै ज्यान गुमाउनु परेको तितो यथार्थ समेत पुनले बताउनु भयो ।

    ‘किशोरी तथा महिलाहरुलाई मासिक रुपमा हुने रजस्वलालाई पाप होइन, धर्मको रुपमा लिनु पर्छ ’ उहाँले भन्नुभयो ।

    त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले पार्टीले हालै गरेका निर्णयहरु सम्बन्धी धारणा राख्नु भएको थियो ।

    ‘विभिन्न खाले अवसरवादीहरु अनरगल आरोप र प्रत्यारोप लगाउने, पार्टीको गोपनियता भंग गर्ने कोशिस गरिरहेका छन्’ पुरीले भन्नु भयो, ‘विगतमा पनि यस प्रकारका आरोपहरु पार्टी माथि लाग्ने गरेका छन् तर समयले उनीहरुलाई पाखा लगाई सकेको छ ।’

    पञ्चायती व्यवस्थाको चरम उत्कर्षमा रहेको अवस्थामा गठन भएको एकता समाजले उत्पादन गरेका कार्यकर्ताहरुले नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको प्रवक्ता पुरीले बताउनु भयो ।

    त्यस्तै वामपन्थी नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको महत्वपूर्ण भूमिकाले विश्वका विभिन्न देशहरुमा एकता समाज निर्माणमा महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो ।

    ‘बेलाबेलामा एकता समाजमाथि प्रहार गर्ने जुन जमर्को गर्दै आएर र वर्तमानमा पनि विभिन्न छद्म नामबाट त्यो कोशिस जारि राखेका छन्’ शर्माले अगाडि भन्नु भयो, ‘सम्पूर्ण प्रकारका अवसरवादलाई समयमै चिन्दै भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ ।’

    यो समयले दिएको जिम्मेवारी अब सबैले आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा समेत शर्माले जोड दिनु भयो ।

    राजमो केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश सांसद तारा जिसीले हरितालिका तीजको अवसर पारेर मूल प्रवाह केन्द्रीय महिला विभागले राखेको अन्तरक्रिया कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताउनु भयो । भारत प्रवासमा आफू पनि संगठित भई स्वदेश फर्किएको जिसीले बताउनु भयो ।

    एकता समाजले कैयौं कार्यकर्ताहरु उत्पादन गर्ने गरेको र देशको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएको उहाँले जिकिर गर्नु भयो । ठूलो संख्यामा युवाहरु नै प्रवासिने भएकाले युवाहरुको संगठित आन्दोनलको मुहान नै एकता समाज रहेको जिसीको भनाई थियो ।

    त्यस्तै राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले कार्यक्रममा मन्तव्य राख्दै– विगतमा आफूमाथि भएका समस्यालाई वेदनाको गितको रुपमा भावना प्रस्तुत गर्ने तीज वर्तमानमा विकृतीको रुपमा फैलिएको बताउनु भयो ।

    ‘यो वर्ष त कोरोनाको कारणले तीज त्यती मनाइएन, तर विगतका वर्षहरुमा एक महिना पहेलेदेखि नै प्रतिस्पर्धाको रुपमा मनाइन्थ्यो’ थापाले भन्नु भयो, ‘यसले नेपाली समाजलाई कहाँ पुराउला ?’

    थापाले आफूले लगातार रुपमा प्रदेश संसदमा महिला अधिकार र हकहितका बारेमा पार्टीका तर्फबाट आवाज उठाउँदै आएको जानकारी दिनुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी र अखिल नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीले पनि मन्तव्य राख्नु भएको थियो । मूल प्रवाहका कार्यबहाक महासचिव ठाकुर खनाल र सल्लाकार धनवीर पुनको पनि आतित्थ्यता रहेको थियो ।

    कार्यक्रममा संयोजक फूलविना पौडेलले ‘नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भुमिका’ बारे आधार पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सारदा पौडेल खनालले र सञ्चालन शुष्मा खड्काले गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागीहरुलाई रमकला काउछाले स्वागत गर्नु भएको थियो भने हुमा रजालीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.