• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पूर्व फिलिपिन्स राष्ट्रपति रोड्रिगो दुतेर्ते हेगस्थित अदालतमा उपस्थित हुने अपेक्षा


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • हेग, नेदरल्यान्ड्स, १६ सेप्टेम्बर । पूर्व फिलिपिन्स राष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार एक वर्षभन्दा बढी समयपछि पहिलोपटक सार्वजनिक रूपमा देखिने अपेक्षा गरिएको छ। नेदरल्यान्ड्सस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा उनको मुद्दा हेर्ने न्यायाधीशले दुतेर्ते पूर्वपरीक्षण सुनुवाइमा उपस्थित हुने अपेक्षा गरिएको बताएकी छन्।

    Advertisement

    मानवताविरुद्धको अपराधको आरोप खेपिरहेका ८१ वर्षीय दुतेर्ते गत वर्ष पक्राउ परेयता भएका केही सुनुवाइमा अनुपस्थित हुँदै आएका छन्। उनको अनुपस्थितिका लागि स्वास्थ्यसम्बन्धी कारण देखाइएको थियो। तर, अदालतका न्यायाधीशहरूले जनवरीमा उनी मुद्दाको सुनुवाइ सामना गर्न सक्षम रहेको ठहर गरेका थिए।

    दुतेर्तेमाथिका आरोप उनी फिलिपिन्सको दक्षिणी सहरका मेयर हुँदा र पछि राष्ट्रपति बनेपछि सञ्चालन गरिएको भनिएको ‘लागुऔषधविरुद्धको युद्ध’का क्रममा दर्जनौँ हत्यामा संलग्न रहेको आरोपसँग सम्बन्धित छन्। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।

    “कुनै स्वास्थ्यसम्बन्धी समस्या नभएमा हामी श्री दुतेर्ते यहाँ उपस्थित हुनुहुने अपेक्षा गर्छौं,” न्यायाधीश जोआना कोर्नरले जुनमा भएको पूर्वपरीक्षण सुनुवाइका क्रममा भनेकी थिइन्।

    बुधबारको सुनुवाइमा प्रमाण खुलासा गर्ने विषयमा छलफल गर्नुका साथै मुद्दाको मुख्य सुनुवाइको समयतालिका तय गर्ने तयारी छ। मुद्दाको मुख्य सुनुवाइ नोभेम्बरमा सुरु हुने तय गरिएको छ।

    “तपाईंहरूले उनलाई चाँडै यहाँ देख्न चाहनुहुन्छ भन्ने कुरा उहाँलाई पूर्ण रूपमा थाहा छ,” दुतेर्तेका प्रमुख कानुनी सल्लाहकार पिटर हेन्सले जुनको सुनुवाइमा आफ्ना पक्षका बारेमा अदालतलाई बताएका थिए।

    दुतेर्तेलाई मार्च २०२५ मा पक्राउ गरिएको थियो र त्यसपछि गत वर्ष सेप्टेम्बरमा हेगस्थित अदालतमा पहिलोपटक उपस्थित हुने तय भएको थियो। तर, पूर्वपरीक्षण न्यायाधीशहरूको प्यानलले दुतेर्ते मुद्दाको प्रक्रियामा सहभागी हुन शारीरिक तथा मानसिक रूपमा सक्षम छन् कि छैनन् भन्ने निर्धारण गर्न अदालतलाई समय आवश्यक रहेको भन्दै सुनुवाइ केही समयका लागि स्थगित गरेको थियो।

    चिकित्सकहरूको एक समूहले गरेको मूल्यांकनपछि न्यायाधीशहरूले दुतेर्ते “पूर्वपरीक्षणसम्बन्धी कार्यवाहीमा सहभागी हुन सक्षम” रहेको फैसला गरेका थिए।

    आईसीसीले सन् २०१८ देखि दुतेर्तेको नेतृत्वमा भएको भनिएको लागुऔषधविरुद्धको अभियानका क्रममा भएका सामूहिक हत्याबारे अनुसन्धान गर्दै आएको छ। दुतेर्तेको राष्ट्रपतीय कार्यकालमा मृत्यु हुनेको संख्या सम्बन्धी अनुमान फरक–फरक छन्। फिलिपिन्स प्रहरीले ६ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ भने मानवअधिकार समूहहरूले यो संख्या ३० हजारसम्म रहेको दाबी गरेका छन्।

    अभियोजन पक्षका अनुसार प्रहरीले र सरकारसँग सम्बन्धित ‘हिट स्क्वाड’हरूले दुतेर्तेको आदेशमा दर्जनौँ हत्या गरेका थिए। अभियोजन पक्षले ती हत्याहरू पैसा पाउने वा आफूहरू नै निशाना बन्नबाट जोगिने उद्देश्यले गरिएको आरोप लगाएको छ।

    फेब्रुअरी २०१८ मा आईसीसीले हिंसात्मक लागुऔषधविरोधी अभियानबारे प्रारम्भिक अनुसन्धान घोषणा गरेको एक महिनापछि दुतेर्तेले फिलिपिन्स आईसीसीबाट बाहिरिने घोषणा गरेका थिए।

    गत वर्ष दुतेर्तेको कानुनी टोलीले फिलिपिन्स आईसीसीबाट बाहिरिसकेको भन्दै उनीविरुद्धको मुद्दा खारेज गर्न माग गरेको थियो। तर, न्यायाधीशहरूले उक्त माग अस्वीकार गरे। अदालतको निर्णयमा रोम विधानबाट बाहिरिने अधिकारलाई “पहिले नै विचाराधीन अपराधका आरोपमा व्यक्तिलाई न्यायबाट जोगाउने गरी दुरुपयोग” गर्न नसकिने उल्लेख गरिएको थियो।

    यसै वर्षको मेमा दुतेर्तेको ‘ड्रग वार’सँग सम्बन्धित मुद्दामा आईसीसीले खोजी गरिरहेका अर्का व्यक्ति पक्राउ गर्ने फिलिपिन्सका अधिकारीहरूको प्रयास संसद् भवनभित्र गोली चलेपछि विफल भएको थियो। उक्त घटनामा कोही घाइते भएनन्।

    आईसीसीले दुतेर्तेको कार्यकालमा राष्ट्रिय प्रहरी प्रमुख रहेका रोनाल्ड मारापोन डेला रोसाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी सार्वजनिक भएपछि डेला रोसा फरार भएका थिए र उनी हालसम्म पनि पक्राउ परेका छैनन्।

    त्यसको दुई महिनापछि फिलिपिन्सको सिनेटले महाभियोग अदालतका रूपमा काम गर्दै दुतेर्तेकी छोरी तथा उपराष्ट्रपति सारा दुतेर्तेविरुद्धको महाभियोग मुद्दाको सुनुवाइ सुरु गरेको थियो। उनीमाथि स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको तथा वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको परिवारलाई सार्वजनिक रूपमा धम्की दिएको लगायतका आरोप छन्। दोषी ठहर भएमा उनलाई सार्वजनिक पद धारण गर्न स्थायी रूपमा अयोग्य ठहर गर्न सकिनेछ। उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.