काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ र सिरहा १-१ र बारामा २ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ९ जना, प्रदेश नम्बर २ मा ४२ जना र बागमती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनागरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।
शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ ।
आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । आज आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन ।
उपत्यकामा ११९ जना संक्रमित
काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमले उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएको बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौंका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ गरी उपत्यकामा ११९ जनामा कोरोना पुष्टि भएको हो ।