• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

स्ट्रिप नक्सा जारी गर्ने कर्मचारीमाथि यसकारण कारबाही गर्नुपर्छ (अन्तर्वार्ता)


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • पल्लवराज भट्ट

    Advertisement

    कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा भारतीय पक्षले गरेको सीमा अतिक्रमणलाई नेपालकै नापी विभागका कर्मचारीहरुले वैधानिकता दिने काम गरेको भन्दै उनीहरुमाथि कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । द्वन्द्वकालिन समयमा नापी विभागका कर्मचारीहरुले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेका छन् ।

    द्वन्द्वकालिन समयमा नापी विभागको टोलीले भारतीय टोलीसँग भारततर्फ नै बसेर नाप नक्सा गरी जारी भएको ‘स्ट्रिप नक्सा’का कारण सयौँ विगाहा जमिनमा भारतीय पक्षले दावी गरिरहेको छ । त्यो जमिनको स्वामित्व नेपालीको र भोगचलन भारतीय पक्षले गरिरहेका छन् ।

    यसै सन्दर्भमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा गठित अन्तर्राष्ट्रिय सीमा सरोकार समितीले राजधानीमा आएर सरकार तथा संसदीय समितिको ध्यानाकर्षण गराएको छ । समितिले स्ट्रिप नक्सा जारी गर्न संलग्न नापी विभागका कर्मचारीहरुमाथि कारबाही गर्न र सो नक्सा खारेजी गर्न माग गरेको छ । समितिका संयोजक पल्लवराज भट्टसँग हामीले यसै सन्दर्भमा छोटो कुराकानी गरेका थियौं ।

    तपाईंहरुले नापी विभागका कर्मचारीमाथि कारबाही गर्नुपर्ने माग राख्नुभएको छ, किन ?
    वास्तवमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा नापी विभागका कर्मचारीहरुका कारण समस्या बल्झिएको हो । विस. २०५८ देखि २०६० को द्वन्द्वकालिन समयमा सुरक्षाको कारण देखाउँदै नेपाली नापी विभागको टोली समेतले भारततर्फबाटै नै सम्पूर्ण काम फत्ते गरेर ‘स्ट्रिप नक्सा’ जारी गरेको थियो । नापी टोली भारतीय टोलीसँग भारतीर नै बस्यो । सरोकारवालसँग कसैसँग समन्वय नगरी उतैबाट नक्सा जारी भयो ।

    भारततीरै नापी गरिएको हुनाले नापी विभागका मान्छे जो त्यतीखेर खटिएका थिए उहाँहरुको कमजोरी हो । उहँहरु चुकेको हो । नियतवस गरेको हो, या डिफेन्स गर्न नसकेर गरेको हो । उहाँहरुको कमजोरी छ ।

    स्ट्रिप नक्सा त दुवै देशका सरकारको सहमतिमा बनेको होइन र, अनि कर्मचारीलाई मात्रै दोष दिन मिल्छ ?
    स्ट्रिप नक्सामा दुवै देशबीच हस्ताक्षर गर्ने सहमति अझै बनेको छैन । कालापनी र सुस्ता क्षेत्रको विवाद समाधान गरेर मात्रै स्ट्रिप नक्सामा हस्ताक्षर गरी सम्झौता गर्ने नेपाल सरकारको अडान भएपनि नापी विभागका कर्मचारीहरुले भने हस्ताक्षर गरिसकेका छन् ।

    कमजोरी कर्मचारीहरुबाटै भएको छ । त्यो सच्याउनुपर्छ । देशको सीमानामा राज्यको सर्वेक्षक गएर भूमि भारत गाभ्ने कुरा सामान्य होइन । उहाँहरुलाई मुद्दा लगाएर जेलमा हाल्नुपर्छ । र त्रृटि भएको नक्सा सच्याउनलाई भारतसँग कुटनीतिक ढंगले अगाडि बढ्नुपर्छ ।

    कञ्चनपुरमा सीमा समस्या कहाँ कहाँ छ ?
    कञ्चनपुरमा मात्रै नेपालको १ सय २० हेक्टर प्रमाण पूर्जा सहितको जमिन भारततर्फ रहेको छ । कञ्चनपुर जिल्ला विकास समितिबाट २०५८ सालसम्म विकास निर्माणका लागि बजेट विनियोजन भएको प्याराताल क्षेत्रमा भारतीय पक्षले अहिले दाबी गरिरहेको छ ।

    द्वन्द्वकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपालको तर्फबाट खटिएको तत्कालित सीमा सर्वे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर मूल सीमा स्तम्भलाई बेवास्ता गर्दै साक्षी स्तम्भ र सहायक स्तम्भलाई मूल स्तम्भ स्वीकार गरी स्ट्रिप नक्सा तयार पार्दा समस्या बल्झियो ।

    अहिले कार्यान्वयन गर्न खोजिएको त्यही नक्साले कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा रहेको ३२ नम्बर पिल्लर देखि ३३ नम्बर पिलर र ३३ देखि ३४ सम्म नेपालले भागचलन गर्दै आएको र लालपुर्जा भएको जग्गा भारतीतर पर्ने गरी सिमांकन गरिएको छ ।

    यस्तै, बेलौरी नगरपालिकाको वाड नम्बर ८ मा रहेको साक्षी स्तम्भ नम्बर ३८ मूल स्तम्भ मानेर नक्सा कार्यान्वयन गर्न खोजिएको छ । त्यसो हुँदा हुलाकी राजमार्ग समेत भारतमा पर्ने देखिएको छ । अहिले राजमार्ग निर्माणको काम भारतीय सुरक्षाकर्मीले बन्द गराएका छन् भने, ३७, ३८ र ३९ नम्बर स्तम्भको सयौँ विगाहा जमिन भारततिर पर्ने देखिएको छ ।

    यस्तै, बेलौरी १ र पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा पर्ने २०० नम्बर सीमा स्तम्भ गायव छ । २०१ र १९९ नम्बर पिलरलाई आधारमा मानेर सो पिलर निर्माण गर्नुपर्नेमा २०१ बाट सोझै १९८ नम्बरमा पुग्ने गरी ३ किलोमिटर क्षेत्रको ५० देखि ९ सय मिटर चौर्डाइसम्मको भूमि भारततिर पर्ने गरी नक्सांकन गरिएको छ ।

    पुनर्वास ९ मा रहेको प्यारातालभन्दा २ सय मिटर दक्षिणमा ढालिएको अवस्थामा १९५ नम्बर पिलर रहेको छ। विगतमा त्यही पिलरलाई सीमा पिलर मानिँदै आएकोमा अहिले भारतले प्याराताल समेत भारतले आफ्नो दावी गर्दै आएको छ ।

    स्ट्रिप नक्सा विवादको समाधान के हुन्छ ?
    नेपालको जमिन भारततर्फ पार्ने काम जानी जानी हुनु गम्भीर विषय हो । यो विषयमा छानबिन गरी कडा कारवाही गर्नुपर्छ । सीमा समाधान एकपक्षीय ढंगबाट समाधान नहुने भएकाले कुटनीतिक र सैद्धान्तिक आधारमा समाधान खोज्नुपर्छ ।

    सीमा समस्या समाधानका लागि पुराना नक्सा, तथ्य र प्रमाणलाई आधार मान्दै भारतीय पक्षसँग वार्ता गर्नुपर्छ । नेपाली पक्षले नापनक्सा गर्ने समयमा दबावमा परेर वा नियतवस जे भएपनि गरेको कमजोरी सच्याउनुपर्छ ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा तपाईंहरुले कुरा राख्नुभयो, सांसदको कस्तो प्रतिकृया पाउनुभयो ?
    हाम्रो सीमा सरोकार समितिको टोली काठमाडौं गएर सांसदहरु र सरकारको ध्यानाकर्षण गराएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले हामीलाई उपस्थित गराएर त्यही विषयमा मात्रै छलफल गरेको थियो । सांसदहरुले पनि हामीले राखेको विषयलाई गम्भीरतापूर्वक लिएर भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारको पनि गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    बैठकमा सांसद देवेन्द्रराज कँडेल, रामसहाय प्रसाद यादव, नरबहादुर धामी, रेखा शर्मा लगायत उपस्थिति हुनुहुन्थ्यो । उहाँहरुले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ की छैन भन्ने प्रश्न राख्नुभएको थियो । द्वन्द्वकालमा नेपाली टोली समेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने बताउनुभएको थियो ।

    सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा पनि गम्भीर नभएको बताउनुभएको थियो । नेपाल भित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेको उहाँको भनाई थियो ।

    बैठकमा सरकारको प्रतिक्रिया के पाउनुभयो ?
    बैठकमा गृह मन्त्री रामबहादुर थापा, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, नापी विभागका महानिर्देशक लगायत उपस्थिति हुनुहुन्थ्यो ।

    भूमिसुधार मन्त्रीले स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेकोले त्यसका लागि भारतसँग कूटीनिक पहल गर्ने आश्वासन दिनुभएको छ ।

    गृहमन्त्रीले पनि नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने बताउनुभएको छ । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको गृहमन्त्रीको भनाई थियो ।
    सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृहमन्त्री र परराष्ट्र मार्फत पहल गर्ने आश्वासन दिनुभएको छ ।

    संसदीय समितिले पनि यो विषयलाई गम्भीरतापूर्वक लिन र दुई देशबीच क्लोज सेसनमा बस्ने बेलामा कुनै कसर बाँकी नराख्ने गरी सत्यतथ्यका आधारमा अगाडि बढ्ने रणनीति तयार पार्न सरकारलाई निर्देशन दिएको छ ।

    कञ्चनपुरमा कतिपय ठाउँमा सीमा स्तम्भहरु हराएका छन् । अथवा फालिएका छन् । बैजुडाँडामा २०७ नं पिलर ढलेको छ । त्यसलाई खोज्ने, पुनःस्थापना गर्ने विषयमा उहाँहरुको प्रतिक्रिया के पाउनुभयो ?
    संसदीय समितिको बैठकमा नापी विभागका महानिर्देशक लाई पनि बोलाइएको थियो । उहाँले हराएका सीमा स्तम्भहरु आधुनिक प्रविधिबाट पत्ता लगाई तत्काल पुनर्स्थापना गर्ने, सीमा स्तम्भको दूरी कमगर्ने र भत्केका सीमा स्तम्भको मर्मत सम्भार गर्न पहल गर्ने आश्वाशन दिनुभएको छ ।

    बैजुडाँडाको २०७ नं पिलरसहित बेल्डाँडीदेखि प्यारातालसम्मको पिलरको अवस्थाबारे हामीले जानकारी दिएका छौं । उहाँहरुले यसलाई तत्काल खोजी गर्ने र पुनर्स्थापना गर्छौं भन्नुभएको छ । संसदीय समितिले पनि सीमा समस्यालाई गम्भीरतापूर्वक लिन निर्देशन दिएको छ ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.