• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रसुवा बाढी : मृतकको सङ्ख्या एक हजार दुई सय ८७


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र बिपद्मा परी ज्यान गुमाउनेको सङ्ख्या एकब हजार दुई सय ८७ पुगेको छ ।

    Advertisement

    राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १९ गते शुक्रबार मध्याह्नन अद्यावधिक गरेको विवरणमा सो सङ्ख्या देखिएको हो ।

    प्राधिकरणका अनुसार बिपद्का कारण तीन खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ । त्यसबापत शीघ्र पुनर्लाभका लागि मात्रै सात अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

    कुन जिल्लामा कति शव फेला परे ?

    शुक्रबार मध्याह्नसम्म फेला परेका एक हजार दुई सय ८७ शवमध्ये सबैभन्दा बढी चितवनमा भेटिएका छन् । फेला परेका शवमध्ये हालसम्म जम्मा ९६ जनाको मात्र सनाखत हुन सकेको बताइएको छ ।

    जिल्लागत विवरण यस प्रकार छ– चितवन तीन सय ५९ जना, नवलपरासी (पूर्व) दुई सय १९ जना, नवलपरासी (पश्चिम) दुई सय १२ जना, नुवाकोट एक सय ८४ जना, रसुवा एक सय १४० जना, गोरखा ७२ जना, धादिङ ६३ जना र तनहुँ ३८ जना ।

    घाइते, बेपत्ता र उद्धार

    प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । त्यसमध्ये पाँच सय ८३ जना विदेशी नागरिक रहेका छन् ।

    सम्पर्कविहीन हुनेहरूमा रसुवाका दुई हजार एक सय ३० र नुवाकोटका दुई हजार तीन सय ४० जना रहेका छन् । सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शव पनि समावेश भएको हुन सक्ने अनुमान प्राधिकरणको छ ।

    बिपद्का क्रममा हालसम्म पाँच हजार तीन सय ९७ जना घाइते भएका छन् भने उनीहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ ।

    उद्धारकार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन् । त्यसमध्ये तीन सय तीन जना विदेशी नागरिक छन् ।

    शुक्रबार मात्रै त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि नेपाली सेनाले आठ सय ३० पटक र निजी क्षेत्रले एक सय २९ पटक हेलिकप्टर उडान गरेका छन् ।

    भौतिक क्षति

    प्रारम्भिक आँकलनअनुसार यस बिपद्मा सात हजार पाँच सय ७० निजी घरमा क्षति पुगेको छ भने ४८ ओटा सरकारी संरचना, १८ विद्यालय र सात स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ ।

    त्यस्तै यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ ओटा मोटरेबल पुल र ६८ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको बताइएको छ ।

    सुरक्षाकर्मी परिचालन र राहत वितरण

    बिपद् व्यवस्थापनका लागि देशभर कुल २१ हजार चार सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसमा नेपाली सेनाका नौ हजार दुई सय ८७, नेपाल प्रहरीका सात हजार नौ सय ३१ र सशस्त्र प्रहरी बलका चार हजार दुई सय तीन जना रहेका छन् ।

    प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिँदै काठमाडौँबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले एक सय ६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्‍याएको छ ।

    सरकारले तत्कालको राहतस्वरूप रसुवा र नुवाकोट जिल्लालाई एक/एक करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

    बाढीका कारण अवरुद्ध सञ्चार सेवा क्रमश: सुचारु हुन थालेका छन् । नेपाल टेलिकमका एक सय २० मध्ये एक सय १६ र एनसेलका ७८ मध्ये ७५ ओटा टावर सञ्चालनमा आइसकेका प्राधिकरणले जानकारी दिएको छ ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.