काठमाडौँ । करिब ४ लाख ३६ हजार रूपैयाँ मूल्यबराबरको सुन ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Advertisement
झापा शान्तिनगर घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौँ ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
मगरले उक्त रुपैयाँबराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको मुद्दाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेका हुन्।
मगरलाई आवश्यक कारवाहीक लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
