पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दै फणिन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
Advertisement
यसअघि ऊर्जा मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। देवकोटाले यसअघि जेनजी आन्दोलनपछि मन्त्री पदबाट राजीनामा दिएका थिए।
केन्द्रमा एमाले र नेकपाबीच सहकार्य भएपछि गण्डकी सरकारमा रहेका एमालेका चार मन्त्रीले १० भदौमा राजीनामा दिएका थिए। उनीहरूले सम्हालेका मन्त्रालय भने मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेका छन्।
