काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज थप ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको मूल्य १६ हजार रुपैयाँ घटिसकेको छ।
Advertisement
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।
यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको थियो।

