काठमाडौँ । ‘कमन जेनजी नेपाल’ले भदौ २३ गते गर्ने भनिएको देशव्यापी प्रदर्शन तथा सडक आन्दोलन स्थगित गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको अध्यक्ष विकेश साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
Advertisement
जेनजी युवाहरू अब बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनामा जुट्ने जनाइएको छ। अध्यक्ष साहले प्रधानमन्त्री वालेन शाह (बालेन)लाई सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रभावित जिल्लामा पुगेर राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।
