काठमाडौँ । बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।
Advertisement
कम्पनीका अनुसार यूएई, साउदी अरब, कतार, कुवेत, ओमान, जापान, दक्षिण कोरिया, मलेसिया, अष्ट्रेलिया, बेलायतलगायत युरोपेली मुलुक तथा न्युजिल्यान्डबाट नेपाल पठाइने रेमिट्यान्समा यो सुविधा लागू हुनेछ।
विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा विपद् प्रभावित आफन्तलाई सहज र पूर्ण रकम पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसले विपद्को यस कठिन समयमा सेवाको अधिकतम उपयोग गरी प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न आग्रह गरेको छ।
