काठमाडौँ, भदौ १४ । भोटेकोसीमा आएको बाढीका कारण २३८ विद्यार्थी र १३ शिक्षक गरी २५१ जना सम्पर्कविहीन छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा रसुवा, नुवाकोट र धादिङका १६ विद्यालयमा क्षति पुगेको छ ।
Advertisement
बाढीले रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक तथा सामान्य क्षति पुर्याएको छ । अधिकांश विद्यालयका भवन बगाउनुका साथै कक्षाकोठामा लेदो, बालुवा र माटो पसेको मन्त्रालयले जनाएको छ ।
रसुवाका चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने नुवाकोटका चार पूर्ण र चार आंशिक क्षतिमा परेका छन्। धादिङमा एक विद्यालय पूर्ण र तीनमा आंशिक क्षति पुगेको छ। मन्त्रालयले क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।
