• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विपद्मा कलाकारको हातेमालो


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • गण्डकी, १४ भदौ । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुभएकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गर्नुभयो ।

    Advertisement

    गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो । गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गर्नुभयो । यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । यसमा अभियानमा कलाकारहरुले पनि हातेमालो गरिरहेका छन् ।

    गायक प्रकाश सपूतले सङ्कटको घडीमा नेपाल र नेपालीको सह–अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एक्यबद्धतापूर्व उभिनु कलाकारको पनि दायित्व भएको उहाँको भनाइ छ । गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाउनुभयो ।

    बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था देख्दा आफूले मन थाम्न नसकेको उहाँले बताउनुभयो । बाढी प्रभावितका लागि सानो स्तरमा भए पनि राहत पुगोस् भनेर आफू अत्यावश्यक सहायता सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको गायक थापाको भनाइ छ । गायिका समीक्षा अधिकारीले बाढी प्रभावितको पीडामा साथ दिने प्रयास गरेको उल्लेख गर्नुभयो । सहयोग सानो वा ठूलो भन्दापनि दुःखका बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

    गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । देशवासीको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित आफूले सक्दो सहयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ । व्यक्तिगत रुपमा मात्र नभई कलाकार सम्बद्ध विभिन्न सङ्घसंस्था पनि विपद्मा सहारा बनिरहेका छन् ।

    बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७५ हजार पाँच सय ५५ सहयोग गरेको समाजका अध्यक्ष एवं गायक वसन्त थापाले जानकारी दिनुभयो । तीजको सम्मुखमा देशले व्यहोरिरहेको महाविपत्तिमा कतिपय कलाकारले देशविदेशमा हुने तीज विशेष साङ्गीतिक कार्यक्रम स्थगन गरेका छन् ।

    सामूहिक दरखानेलगायत तीजका मनोरञ्जनात्मक कार्यक्रम स्थगन गरी तिनमा हुने आर्थिक खर्चलाई बाढी प्रभावितको सहयोगार्थ पठाउने क्रम बढ्दो छ । प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावित राहतमा खर्च गरेको छ । समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।

    भोटेकोशी–त्रिशूलीको बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिले यतिबेला सिङ्गो मुलुकक नै आक्रान्त छ । बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश, विदेशबाट स्वतःस्र्फुत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ । सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ ।

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.