दमौली (तनहुँ) । भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् ।
Advertisement
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका छन् ।
प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताउनुभयो ।

