काठमाडौँ । रामेछापमा ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय प्रेम बिसुंखे ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार कैदी रहेको खुलेको छ।
Advertisement
चोरी मुद्दामा अनुसन्धानका क्रममा सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बिसुंखे गत भदौ २४ गते फरार भएका थिए। त्यसपछि रामेछापमा बस्दै आएका उनले लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
गत भदौ २ गते रामेछाप नगरपालिका–४ तिलबारीस्थित ६१ वर्षीया महिलाको घरमा जबरजस्ती करणी गरेको आरोपपछि फरार भएका उनलाई प्रहरीले खोजतलासका क्रममा सोही क्षेत्रको एक सुनसान घरबाट पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

