काठमाडौं, भदौ ९ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान १० बजे बस्दै छ।
Advertisement
समिति हलमा बस्ने बैठकमा आउटसोर्सिङमार्फत गरिने श्रमिक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल हुने कार्यसूची छ।
छलफलमा उठेका विषयबारे जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ।

