महेश रिजाल, भालुबाङ ।
राप्ती मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी सङ्घको अध्यक्षमा कमलप्रसाद खनाल चयन हुनु भएको छ ।
२०८३ भदौ ७ गते सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले खनाललाई अध्यक्षमा चयन गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा बसन्त भट्टराई, उपाध्यक्षमा द्रोणप्रसाद आचार्य, महासचिवमा गोपाल पोख्रेल, सचिवमा शिशिरराज घिमिरे र कोषाध्यक्षमा सुनिल चौधरी चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरूमा रामु प्रोखरेल, जागृत भुसाल, सञ्जय शर्मा, केशवराज खनाल र सुरज बस्नेत चयन हुनुभएको छ ।
अध्यक्ष हरिबहादुर खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल मोबाइल ब्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डेले पानसबत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पाण्डे, लुम्बिनि प्रदेश अध्यक्ष जिएन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यसमितिका कोषाध्यक्ष द्रोणप्रसाद आचार्यले आयव्यय प्रतिवेदन र सचिव मोहन आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नवीन शाहीले र सञ्चालन मोहन आचार्यले गर्नुभएको थियो ।


