• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मरिचमान आग्रीको जन्मदिनमा गाउँलेले गरे नागरिक सम्मान र सहयोग


  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • प्यूठान । जन्मदिनलाई सामान्यतया परिवार र आफन्तबीच सीमित उत्सवका रूपमा मनाइन्छ। तर, प्यूठानको गौमुखी गाउँपालिका–४, पुजामा भने यसपटक एउटा फरक र अर्थपूर्ण अभ्यासको सुरुवात भएको छ। गाउँका ७६ वर्षीय समाजसेवी मरिचमान बुढामगर (आग्री) को जन्मदिन सोमबार सिङ्गो गाउँ नै एकजुट भएर मनाइएको छ, त्यो पनि सम्मान, अभिनन्दन र सहयोगसहित।

    Advertisement

    बढ्दो उमेर, कमजोर आर्थिक अवस्था र रुग्ण शरीरसँग संघर्ष गरिरहेका मरिचमानको जीवनको ठूलो हिस्सा गाउँकै सेवामा बितेको छ। जीवनभर मजदुरी गर्ने, घर–गोठ बनाउने, हलो जोत्ने तथा गाउँमा कट्टाल सेवा (हाक वा उर्दी जारी गर्ने) गर्दै उनले समुदायका लागि निरन्तर योगदान पुर्‍याए। श्रीमतीको केही वर्षअघि निधन भइसकेको छ। ११ सन्तानमध्ये हाल ५ छोरा र ४ छोरी छन्। तर, उमेर ढल्किँदै जाँदा आफ्ना आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ झेलिरहेका मरिचमानप्रति गाउँलेले सामूहिक जिम्मेवारी महसुस गरे। र, त्यही भावनाबाट जन्मिएको हो– ‘समाजसेवी मरिचमान (आग्री) सार्वजनिक अभिनन्दन तथा जन्मोत्सव अभियान।’

    भदौ १ गते परेको मरिचमानको ७६औँ जन्मदिनको अवसर पारेर गाउँलेहरूले उनलाई सार्वजनिक अभिनन्दन गरे। कार्यक्रममा सम्मानपत्र प्रदान गर्नुका साथै नगद तथा आधारभूत आवश्यकताका सामग्री गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरियो। जन्मदिन मनाउने यो अभ्यासले व्यक्तिगत उत्सवलाई सामुदायिक सम्मान र सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ।

    अभियानका परिकल्पनाकार तथा संरक्षक ज्ञामुराम न्यौपानेका अनुसार मरिचमानलाई सार्वजनिक रूपमा सम्मान गर्ने योजना लामो समयदेखि बनाइएको थियो। यसपटक उनको जन्मदिनलाई त्यसका लागि उपयुक्त अवसर बनाइएको हो।

    न्यौपाने भन्छन्, “पद, प्रतिष्ठा र पुँजीले मात्रै समाजमा मान्छेको इज्जत ठूलो हुन्छ भन्ने विद्यमान भाष्यलाई बदल्न पनि यस्ता अभिनन्दन र सहयोग अभियान आवश्यक छन्। मरिचमानप्रति समाजमा जुन विश्वास र सम्मान छ, त्यो सायदै अरू कसैप्रति होला। जीवनभर मजदुरी गरेर, घर–गोठ बनाएर, कट्टाल सेवा गरेर र हलो जोतेर उहाँले समाजलाई पुर्‍याउनुभएको योगदान अनुकरणीय छ। उहाँको निःस्वार्थ कर्म, इमानदारिता र समाजसेवाको सम्मानस्वरूप हामीले यो अभियान अघि बढाएका हौँ।”

    उनका अनुसार समाजमा योगदान गर्ने व्यक्तिको सम्मान उनी जीवित छँदै हुनुपर्छ भन्ने सन्देशसमेत यस अभियानले दिन खोजेको छ। “हामीले मरिचमानको योगदानलाई सम्झनु मात्र होइन, नयाँ पुस्तालाई श्रम, इमानदारिता र समाजसेवाको मूल्य बुझाउने अभ्यासको सुरुवात गर्न खोजेका हौँ,” न्यौपानेको भनाइ छ।

    अभियानका संयोजक जुमान सिंह केसी पनि यो कार्यक्रमबाट उत्साहित छन्। उनका अनुसार समाजका लागि आफ्नो जीवन समर्पित गरेका तर आर्थिक रूपमा कमजोर र ओझेलमा परेका व्यक्तिहरूको राज्यले आवश्यक सम्मान र कदर गर्न नसकिरहेको परिप्रेक्ष्यमा नागरिक स्तरबाट सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ।

    “हामीले आफ्नो जीवनको थोरै समय, सम्मान र ऊर्जा मरिचमानजस्ता व्यक्तिहरूप्रति समर्पित गर्न सक्यौँ भने मात्र इमानदारिता र समाजसेवाको वास्तविक अर्थमा कदर गरेको ठहरिन्छ,” केसीले भने, “हामीले यस अभियानमार्फत एउटा बेग्लै अभ्यासको सुरुवात गरेका छौँ। आफ्नो सम्पूर्ण जीवन गाउँको सेवामा खर्च गरेका एक असहाय तथा विपन्न मजदुरको योगदानको सम्मान गर्ने, त्यसलाई सार्वजनिक रूपमा स्मरण गर्ने र नयाँ पुस्तालाई समाजसेवाप्रति प्रेरित गर्ने हाम्रो उद्देश्य हो। हामीले चलाएको अभियानमा धेरै शुभचिन्तकले खुसीका साथ सहयोग गर्नुभयो।”

    त्यस्तै, अभियानका अर्का सदस्य सरोज न्यौपानेका अनुसार पूर्वनिर्धारित योजनाअनुसार बाजागाजासहित केही भव्य ढङ्गले जन्मोत्सव मनाउने तयारी थियो। तर, त्यही दिन एक जना छिमेकीको निधन भएपछि शोकको सम्मान गर्दै बाजागाजा र भजन–कीर्तनसहितको कार्यक्रम रद्द गरियो।

    “उत्सवको स्वरूप सादगीपूर्ण भयो, तर हाम्रो उद्देश्यमा कुनै कमी हुन दिएनौँ। बरु, यसले हामीलाई एउटा गहिरो सत्य सम्झाएको छ कि समाजमा सुखका अवसर मात्र होइन, दुःखका क्षणमा पनि एकअर्काको साथमा उभिन सक्नु नै सामाजिकताको वास्तविक अर्थ हो।

    हामीले यहाँ एउटा कार्यक्रम गरेर सकिने काम गरेका होइनौँ। एउटा यस्तो अभियानको जग बसालेका छौँ, जसमा आज हामीले एउटा इँटा थपेका छौँ। अब नयाँ पुस्ताले त्यसमा क्रमशः बाँकी इँटाहरू थप्दै जाओस्। यो अभियान एउटा व्यक्तिको सम्मानमा सीमित नरहोस्, समाजमा श्रम गर्ने, इमानदारीपूर्वक बाँच्ने र आफ्नो जीवन अरूका लागि समर्पित गर्ने हरेक गुमनाम पात्रसम्म पुग्ने संस्कार बनोस्। कुनै दिन हाम्रो गाउँमा सम्मान खोज्न पद वा पैसा होइन, योगदान पर्याप्त हुने वातावरण बनाउन सकियोस्। हामीले बसालेको यो सानो जगको अन्तिम उद्देश्य त्यही हो।”

    गाउँमा भदौ १ अब मरिचमानको जन्मदिन मात्र रहेन, यो त श्रम र समाजसेवाको सम्मान गर्ने नयाँ सामाजिक संस्कारको जन्मदिनसमेत बनेको छ।

    मरिचमानको सार्वजनिक अभिनन्दन तथा जन्मोत्सव समारोहमा गाउँका स्थानीयको उल्लेख्य सहभागिता थियो। समारोहको अध्यक्षता अभियानका संयोजक जुमान सिंह केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन जायश्वर जैसीले गरेका थिए। केशवबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अभियानका सदस्यसचिव बालाराम न्यौपानेले आर्थिक विवरण प्रस्तुत गरेका थिए।

    अभियानका संरक्षक ज्ञामुराम न्यौपानेले मरिचमान बुढामगरको जीवनयात्रा र सामाजिक योगदानबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए।

    मरिचमान बुढामगर (आग्री) को संक्षिप्त जीवनी

    पुँजी, पढाइ र पदले मात्रै मान्छेको ठूलो इज्जत हुन्छ भन्ने कुरा सर्वथा सत्य नहुन सक्छ। तस्बिरमा देखिने प्यूठान, पुजा फप्रेटाका मरिचमान आग्रीको समाजमा जुन विश्वास र स्थान छ, त्यो सायदै अरू कसैको होला। उहाँले जीवनभर भारी बोक्ने, घर–गोठ बनाउने, मजदुरी गर्ने, हाक–उर्दी (कट्टाल सेवा) गर्ने र हलो जोत्ने काम गर्दै समाजसेवा गर्नुभयो। कमजोर आर्थिक अवस्थाका बाबजुद पनि उहाँको इमानदारी र कामप्रतिको निष्ठाले उहाँलाई सधैँ निःकलङ्क सामाजिक स्थान हासिल गराइरह्यो।

    उहाँ आमा नन्दी आग्री र बुवा टिकबहादुर आग्रीका पाँच छोरा र चार दिदीबहिनीमध्ये काइलो छोरा हुनुहुन्छ। दुःखको कुरा, उहाँका चार दाजुभाइ र दुई दिदीबहिनीका परिवार र सन्तान रहेनन्। उहाँ र दुई दिदीहरूको मात्र सन्तान जन्मिए। उहाँका बाजेले कुलो खन्ने ‘आग्री पेसा’ गर्ने भएकाले आग्री भनिए पनि उहाँहरूको वास्तविक थर बुढाथोकी मगर हो। उहाँहरूका पुर्खा बागलुङबाट आएको बताइन्छ।

    २००८ भाद्र १ गते उहाँको जन्म भएको हो। परिस्थितिवश उहाँले तीनवटा विवाह गर्नुपर्‍यो। अघिल्ला दुई श्रीमतीबाट कुनै सन्तान भएनन्। उहाँको पछिल्लो विवाह विष्णु जैसीसँग २५ वर्षको उमेरमा भएको थियो। उहाँहरूले ११ सन्तान जन्माउनुभयो। तथापि, हाल ५ छोरा र ४ छोरी जीवित छन्।

    २०४० सालमा उहाँले ३ हजार रुपैयाँमा घरबारी बेचेर सुकुम्बासीका रूपमा बस्न तौलिहवा (मधेस) जानुभयो। मधेसमा दाउरा काटेर बेच्ने र बालुवा छान्ने काम केही महिना गरे पनि त्यो काम राम्रोसँग चलेन। त्यहाँ ज्यालामजदुरीको काम पनि पाइएन। जहान–परिवारको पेट पाल्ने उपाय नभएपछि उहाँको परिवार २०४३ सालमा पुजा फर्किने निर्णयमा पुग्यो।

    ठूलो परिवारको मधेस आउजाउमा ठूलै खर्च भयो। फेरि आफ्नो जन्मगाउँ फर्कँदा उहाँसँग केवल १०० रुपैयाँ बाँकी थियो। त्यसपछि उहाँको परिवार पूर्ण रूपमा सुकुम्बासी बन्यो। उहाँको कठिनाइ देखेर छिमेकीहरू मिलेर सानापोखरी चौरको सानो छेउ दिए। त्यहीँ बसेर उहाँले चार छोरी र पाँच छोराको ठूलो परिवार श्रम गरेर हुर्काउनुभयो।

    उहाँले पुजाको साविक वडा नं. ८ र ९, एकराते, नबन, तुसारा र पुजा गाउँमा गरी १२० भन्दा बढी घर तथा ६० भन्दा बढी गोठ निर्माण गर्नुभएको उहाँलाई हेक्का छ। उहाँ ‘सुरे मिस्त्री’का रूपमा पनि चिनिनुहुन्छ। उहाँले खेतबारीमा विभिन्न काम गर्नुभयो। कोदालो खन्ने र हलो जोत्ने गरेर खेतबारी हराभरा गराउने काममा लामो समय खटिनुभयो।

    उहाँले बुटवल, पाल्पा र भालुवाङ गरेर कैयौँ खेप भारी पनि बोक्नुभयो। उहाँ २५ वर्षको हुँदा मात्र चप्पल लगाउनुभएको रहेछ।

    उहाँले २०५२ सालदेखि हाक पार्ने (कट्टाल सेवा) को काम पनि गर्नुभयो। त्यसबेला वडाध्यक्ष विनोदकुमार शर्मा हुनुहुन्थ्यो। उहाँको हाक–उर्दी सेवाको पनि तीन दशक पूरा भइसकेको छ।

    उहाँका सबै सुख–दुःखमा उहाँभन्दा चार वर्ष कान्छी श्रीमती विष्णुको उहाँलाई सधैँ साथ र सहयोग थियो। तीन वर्षसम्म बिरामी परेपछि २०८१ वैशाख १० गते उहाँकी श्रीमतीको पनि दुःखद निधन भयो। श्रीमतीको मृत्युले उहाँलाई निकै दुःखी बनायो।

    अनेक दुःख, हन्डर र अभाव व्यहोरेर पनि सुकुम्बासी बनेका मजदुर परिवारका मरिचमान आग्री समाजको आँखाको नानीजस्तै प्रिय र समाजमा कृतज्ञतापात्र रहनुभएको छ। उहाँ वास्तविक अर्थमा सच्चा समाजसेवी नै हुनुहुन्छ। आग्री काइँलाले त्यहाँका हरेक मानिसलाई जुन गुन लगाउनुभएको छ, त्यो हामीले कहिल्यै भुल्न सक्दैनौँ।

    उहाँले समाजसेवामा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि २०८३ भदौ १ गते परेको उहाँको ७६औँ जन्मदिनमा साविक वडा नं. ९ का बासिन्दा र शुभचिन्तकहरूले सार्वजनिक सम्मान गर्ने योजना बनाएका थिए। मरिचमान आग्री सार्वजनिक सम्मान समिति गठन गरेर विगत दुई महिनादेखि निरन्तर प्रचारात्मक तथा आर्थिक सहयोग अभियान चलाइएको थियो। जसबाट झन्डै डेढ लाख रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको छ।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.