रायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राययढ नगर समितिद्वारा सञ्चालित न्वाहा एरिया समितिको पुनर्गठन गरिएको छ । अगस्त २ का दिन सम्पन्न सो भेला ज्ञानी मायाँ राहाडीको अध्यक्षता तथा तिलक रानाको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो ।
केन्द्रीय प्रतिनिधि तथा नगर अध्यक्ष अनन्त राहाडीको उपस्थिति तथा केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष श्याम त्रामु, क्षेत्रीय समितिका सन्तबहादुर थापा, रायगढ महिला नगर विभागकी संयोजक यमी रानाको आतिथ्यता रहेको थियो । रक्तिमका कलाकार चमेली राहडीले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाले विपना थापाको अध्यक्षतामा २३ सदस्यीय न्वाहा एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– दिपा राहाडी, सचिव– जीवन त्रामु, सहसचिव– यमकली त्रामु, कोषाध्यक्ष– सिता पुलामी रहनुभएको छ । त्यस्तै सदस्यमाः चन्द्रा थापा, दिपक थापा, दण्ड राहादी, नरेश पुलामी, भिमा थापा, रोम थापा, तुल्सी राहादी, चेलीसा राहादी, धनबहादुरा राहादी, मिना राहादी, त्यस्तै वैकल्पिक सदस्यमाः रुकमान त्रामु, चुरा थापा, नारायण फौँजा, दलवीर राना रहनुभएको छ ।
त्यस्तै यमी राना, ज्ञानी राहादी, जीवकला राहादी र चेत कुँवरलाई भेलाले सल्लाहकार चयन गरेको छ ।
