काठमाडौं। जाजरकोटमा मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सैनी केन्द्रविन्दु भएर भूकम्प गएको हो।
Advertisement
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।
जाजरकोट र आसपासका क्षेत्रमा पछिल्लो समय पटक–पटक भूकम्पका धक्का गइरहेकाले भूकम्पविज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

