• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दश परिवारको धानखेत बाढीबाट क्षति


  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
  • खोटाङ । अविरल वर्षाका कारण खहरेमा आएको लेदोसहितको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बाँझोगरामा १० परिवारको खेत पुरिएको छ ।

    Advertisement

    दिक्तेल–जालपा–फेदी–ऐसेलुखर्क सडकखण्डअन्तर्गत जापलाको खरबारीबाट बाँझोगरामा झरेको लेदोसहितको बाढीले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको गरेको छ ।

    अविरल वर्षापछि यही साउन २, ३, ४ र १८ गते साउने खोल्सीमा झरेको लेदोसहितको बाढीले खेतबारी पुरेको किसानले बताएका छन् ।

    रोपाइँ सकेर गोड्ने बेलाको खेतमा लेदोसहितको बाढी झरेर गेगर र बालुवा थुपारेपछि किसान चिन्तित भएका छन् ।

    जालपास्थित खहरे खोल्सीमा आएको बाढीले रावाखोला वीरबहादुर श्रेष्ठको ३० मुरी, रत्नकुमार श्रेष्ठको १३ मुरी, गोपाल राईको आठ मुरी, सुब्बा राईको १२ मुरी, डाकमान राईको ११ मुरी र भाइकाजी राईको १० मुरी धान फल्ने खेत बगरमा परिणत भएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभएको छ ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका गोपालकुमार राईको ३० मुरी, पदमबहादुर कार्कीको पाँच मुरी, सुरमनी राईको आठ मुरी र सोही गाउँपालिका–३ ऐँसेलुखर्कका मानबहादुर राजभण्डारीको १० मुरी धान फल्ने खेत साउने खोल्सीको लेदोसहितको बाढीले पुरिएको छ ।

    धान उत्पादनका लागि उर्वरभूमि मानिने रावाखोला किनार बाँझोगरा खेतमा स्थानीय किसानले गत जेठमा धान रोपाइँ गरेका थिए । रोपाइँ सकेर गोडमेल गर्ने बेला बाढीले धानबाली तथा खेतबारी पुरेपछि किसान मर्कामा परेका हुन् ।

    विगतमा साउने खोल्सीमा त्यस प्रकारको बाढी कहिल्यै नझरेको स्थानीय रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । “बर्सातमा सडकबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि लेदोसहितको बाढी झरेर खेतलाई खण्डहर बनाएको छ”, उहाँले भन्नुभयो, “खाइनखाइ अर्मपर्म गरेर रोपेको धानखेत बाढीले पुरिएर बगरमा परिणत भयो । गोड्नेबेलाको बाली बगरमा परिणत भएपछि मन अमिलो भएको छ ।”

    खोल्सीको बाढीले दिक्तेल–एँसेलुखर्क गाडी सञ्चालन भइरहेको सडकमा क्षति पुर्याएको छ । यस्तै, रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतमै लगिएको सिम्ले कुलो र साउने खोल्साबाट पिखुमको ठूलो खेत लगिएको कुलो पनि बगाएको छ ।

    बाढीले क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि एँसेलुखर्क गाउँपालिकाका पूर्वप्रमुख विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिनुभएको थियो । किसानको माग लिएर प्रशासनमा बुझाइएको निवेदन अहिलेसम्म सम्बोधन नभएको निरौलाले बताउनुभएको छ ।

    दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष अविरल वर्षाले विभिन्न स्थानीय तहका किसानको धान खेत तथा बारीमा क्षति गरेको छ । निरन्तरको वर्षाका कारण अहिले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।

    गत जेठबाटै वर्षा सुरु भएको जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डसमेत बाढी तथा पहिरोले पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

    सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.