रवि पौडेल, पान्डिचेरी (भारत) ।
पान्डिचेरीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मुदलियरपेट, दक्षिण टाउन र उत्तर टाउन एरिया समितिका तिसौँ वार्षिक सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज पौडेलको प्रमुख आतिथ्यमा अगस्त ९, २०२६ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्दै उहाँले भारतमा नेपालीका हकहितको रक्षाका लागि मूल प्रवाह सचेत रहेको दाबी गर्नुभयो ।
आफूहरूले उठाएको प्रवासिएका नेपालीले आफू बसेकै ठाउँबाट मताधिकार दिन पाउने तथा चुन्न र चुनिन पाउने अधिकार लागु गरेर देखाउन रास्वपा सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
आफू सरकारबाहिर छँदा प्रवासिएका नेपालीको माग उठाउने अहिलेको सरकार लागु गर्न किन पछि हटेको भनेर प्रश्नसमेत उहाँले गर्नुभयो ।
सम्मेलनमा केन्द्रीय कोषाध्यक्ष चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य भगवती कुँवर, क्षेत्रीय समितिका गोविन्द शर्मा र रवि पौडेलको पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मुदलियरपेट एरिया समितिको घोषणा उपाध्यक्ष पौडेलले, दक्षिण टाउन एरिया समितिको घोषणा क्षेत्रीय सदस्य शर्माले र उत्तर टाउन एरिया समितिको घोषणा केन्द्रीय सदस्य कुँवरले गर्नुभएको थियो ।

मुदलियरपेट
सम्मेलनले रवि पौडेल अध्यक्ष रहनुभएको नौ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहितको मुदलियरपेट एरिया समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजु गायक, सचिवमा सूर्य गायक, सहसचिवमा विनोदकुमार गायक र कोषाध्यक्षमा शिव गायक तथा सदस्यमा सरस्वती गायक, माया गायक, शीतल गायक र रेखा गायक रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यमा सम्झना गायक र लक्ष्मी गायक तथा सल्लाहकारमा तुलसी गायक र भगवती कुँवर निर्वाचित हुनुभएको छ ।

दक्षिण टाउन
त्यसैगरी जमुना शर्मा अध्यक्ष रहनुभएको नौ पूर्ण तथा दुई वैकल्पिक सदस्यसहितको ११ सदस्यीय दक्षिण टाउन एरिया समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा दलबहादुर पुन, सचिवमा राजेन्द्र जिसी, सहसचिवमा हरि आचार्य र कोषाध्यक्षमा चन्द्रकान्त शर्मा, सदस्यमा जनकराज पौडेल, सविता विक, मोहन हमाल, विष्ण्ॉ शर्मा तथा वैकल्पिक सदस्यमा हीरादेवि शर्मा र अनु जिसी रहनुभएको छ ।
उत्तर टाउन
एवम् प्रकारले गमबहादुर विक अध्यक्ष रहनुभएको नौ पूर्ण, तीन वैकल्पिक सदस्य र तीन सल्लाहकारसहितको १५ सदस्यीय उत्तर टाउन एरिया समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा वमबहादुर केसी, सचिवमा वलबहादुर केसी, सहसचिवमा गणेशबहादुर केसी, कोषाध्यक्षमा गोविन्द शर्मा र सदस्यमा उमा केसी, नारायण जिसी, धनबहादुर परियार र खड्कबहादुर कुँवर रहनुभएको छ ।
त्यस्तै वैकल्पिक सदस्यमामा माधव आचार्य, गोरख परियार र नन्दकला केसी तथा सल्लाहकारमा लालबहादुर केसी, गणेश परियार र कृष्ण आचार्य रहनुभएको छ ।
गमबहादुर विकको सञ्चालन तथा शिव गायकको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनमानसलाई दलबहादुर पुन र कलाकारद्वारा स्वागत गरिभएको थियो ।


