• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

आदिवासी अपरिवर्तित मानव समुदाय हो : सिंह


  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आदिवासी अपरिवर्तित मानव समुदाय भएको विचार व्यक्त गर्नुभएको छ ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलनले बत्तिसौँ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

    मन्तव्यको क्रममा उहाँले आदिवासी र जनजातिमाझको भिन्नताबारे चर्चा गर्दै हुनुहुन्थ्यो ।

    ‘एकपटकको जनजाति सधैँको जनजाति रहँदैन’ उहाँले भन्नुभयो– ‘तर आदिवासीको सन्दर्भमा त्यस्तो हुँदैन । आदिवासी सधैँका लागि आदिवासी रहन्छ । त्यसमा रूपान्तरण हुँदैन ।’

    नेपालका आदिवासी को हुन् भन्ने विषय अझैँ अनुसन्धानको विषय रहेको स्पष्ट पार्दै जनजातिको अवस्थामा भने रूपान्तरण भइरहने बताउनुभयो ।

    मसालले केही वर्षअघि नेवार समुदाय जनजाति हो कि होइन भनी अध्ययन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘नेवारले आफूलाई जनजाति भन्दै आएका छन् तर हाम्रो अध्ययनमा नेवार अल्पसङ्ख्यक समुदाय भएको पायौँ ।’

    अहिले नेपालमा आदिवासी र जनजातिलाई एउटै ठान्ने गरिएकोमा त्यसलाई उहाँले गलत अवधारणा भएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले जनजाति भनिएकामध्ये उदाहरणका लागि कुसुन्डा, मगर, राई, लिम्बू आदिवासी पनि हुन सक्छन्† खस पनि आदिवासी हुन सक्दछन् तर त्यसको गम्भीर अनुसन्धान हुनु आवश्यक छ ।’

    महामन्त्री सिंहले मधेसवादीहरू पनि आदिवासी हुन नसक्ने बताउनुभयो ।

    आदिवासी जनजाति आन्दोलनलाई साम्राज्यवादीले जातिवादको आवरणमा दुरूपयोग गर्ने गरेकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने त्यसलाई शोषण विरुद्ध सङ्घर्षको रूपमा अगाडि बढाउने गरेको बताउनुभयो ।

    आफ्नो पार्टीले २०४१ सालमा जनजाति तथा दलित समुदायको विषयमा प्रस्ताव पारित गरेर बेग्लै सङ्गठन निर्माण गरेको उहाँले बताउनुभयो ।

    ‘हामीले पहिला जनजातिको एउटै सङ्गठन बनाएका थियौँ, पछि जनजातिको अलग र दलित समुदायको अलग सङ्गठन बनायौँ’ उहाँले भन्नुभयो– ‘जनजाति सम्मेलनले पनि अहिले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।’

    उहाँले आदिवासी दिवस मनाउने कार्य महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    आइतबार, साउन २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.