भारत । जाजरकोट जिल्लाको भेरी नगरपालिका–६, भेरे निवासी रामबहादुर घर्तीका जुम्ल्याहा छोराहरू भारतको हिमाचल प्रदेशस्थित किन्नौर जिल्लाबाट बेपत्ता भएका छन्। उनीहरू सम्पर्कविहीन भएपछि परिवारले विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि सहयोगका लागि मूल प्रवाह रामपुर नगर समितिको सम्पर्कमा पुगेको हो।
परिवारका अनुसार गोलु र चुके नामले चिनिने ती जुम्ल्याहा दाजुभाइ किन्नौर जिल्लाको ‘रुबी’ नामक स्थानबाट गत फागुन १९ गते, २०८२ देखि अचानक सम्पर्कविहीन भएका हुन्।
उनीहरू सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन मूल प्रवाह रामपुर नगर समितिले सबैमा सहयोग गरिदिन अपिल गरेको छ।
उनीहरू कतै भेटिएमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को कार्यालयमा वा मानबहादुर घर्ती (९८१६६०३०७५, ९८६४९८९६३६ – भारत) तथा सञ्चारकर्मी खिमराज चालिसे (८९६८५०३०५०) मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।