काठमाडौँ, साउन १९ । सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर प्रयोग गरेपछि विभिन्न स्थानका होल्डीङ्ग सेन्टरमा राखिएका सुकुम्बासीहरू मध्य मृत्यु हुनेको संख्या आज नौ पुगेको छ ।
Advertisement
मृत्यु हुनेहरूमा १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाखी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती बिक, ३९ वर्षीया सुशीला थापा मगर, ७५ वर्षीया रतनदेवी मलाहानी तथा १८ महिनाका उज्ज्वल तामाङ रहेका छन् ।
प्रतिनिधि सभाका सदस्य गीता गुरुङले मंगलबार प्रतिनिधि सभामा बोल्दै– ‘राज्यले अवलम्बन गरेको अव्यवहारिक नीति र बलपूर्वक गरिएको बस्ती हटाउने कार्यका कारण उनीहरूले ज्यान गुमाउनुपरेको हो ।’ गुरुङले अगाडि भनिन्– ‘घटनापछि प्रभावित क्षेत्रमा शोकको वातावरण छ ।’