• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार

न्यायको पर्खाइमा देविका खनालः सडकको चित्कार

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ७. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • बुटवल, साउन १७ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सचिवालय सदस्य गणेश आचार्यले देशमा बढ्दै गएको साम्प्रदायिक तनाव राज्यका गलत नीति र कमजोर भूमिकाको परिणाम भएको बताउनु भएको छ ।

    Advertisement

    सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्वको सन्दर्भमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा बोल्दै आचार्यले राज्यको नीतिगत विचलनकै कारण समाजमा विभाजन र साम्प्रदायिक द्वन्द्व बढ्दै गएको धारणा राख्नुभयो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वमुख्यमन्त्री, धार्मिक समुदायका अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

    बैठकमा आचार्यले २०६३ सालको अन्तरिम संविधान संशोधनपछि क्षेत्रीय, जातीय तथा साम्प्रदायिक राजनीतिलाई संस्थागत रूपमा प्रश्रय दिइएको दाबी गर्दै त्यसकै परिणामस्वरूप मुलुकमा सामाजिक सद्भाव कमजोर बन्दै गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “देशलाई वर्गीय, जातीय, क्षेत्रीय र धार्मिक आधारमा विभाजन गर्ने राजनीतिक अभ्यासले राष्ट्रिय एकतालाई कमजोर बनाएको छ । राज्यले समयमै गम्भीरता नदेखाउँदा आज साम्प्रदायिक तनाव बढ्ने अवस्था सिर्जना भएको हो।”

    आचार्यले नेपालमा रोहिङ्ग्या शरणार्थी तथा बाह्य मुलुकबाट आउने व्यक्तिहरूको व्यवस्थापनमा राज्यले आवश्यक संवेदनशीलता र जिम्मेवारी नदेखाएको आरोप लगाउँदै त्यसतर्फ तत्काल ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

    उहाँले संघीय शासन व्यवस्थाको स्थापनापछि साम्प्रदायिक राजनीति थप मौलाएको आफ्‌नो धारणा राख्दै राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावको रक्षाका लागि सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    राष्ट्रिय जनमोर्चा समाजमा हुने सबै प्रकारका साम्प्रदायिक द्वन्द्व, धार्मिक द्वेष र सामाजिक विभाजनको विपक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिविरुद्ध पार्टी निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    बैठकमा सहभागी अन्य वक्ताहरूले पनि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने तथा समाजमा विभाजन सिर्जना गर्ने गतिविधिमाथि कडाइ गर्नुपर्नेमा जोड दिएका थिए ।

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति
    गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा
    रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
    अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….
    मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    भर्खरै

    • १.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • २.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ३.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    • ४.
      साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

    • ५.
      अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ६.
      प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…….

    • ७.
      मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

    • ८.
      रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली युवकको रेवाडीमा दाहसंस्कार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.