• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

धार्मिक–साम्प्रदायिक षड्यन्त्रविरुद्ध राष्ट्रिय एकता कायम गर्न युवक संघको आह्वान


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १६ । अखिल नेपाल युवक संघको आयोजनामा शनिबार काठमाडौँको माइतीघर मण्डलामा सम्पन्न ‘धार्मिक सद्भाव कार्यक्रम’ मा वक्ताहरूले नेपालमा धार्मिक, जातीय तथा क्षेत्रीय द्वन्द्व भड्काउने योजनाबद्ध प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा नेपाली जनताको साझा हितको रक्षाका लागि सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले नेपालको ऐतिहासिक विशेषता नै विभिन्न जाति, धर्म, भाषा र संस्कृतिबीचको सहअस्तित्व र आपसी सद्भाव भएको उल्लेख गर्दै पछिल्लो समय विदेशी शक्ति केन्द्ररूको स्वार्थअनुसार नेपाली समाजलाई धर्म, जात र क्षेत्रका नाममा विभाजित गर्ने षड्यन्त्र तीव्र बनाइएको बताए ।

    उनले नेपालमा हिन्दू, बौद्ध, मुस्लिमलगायत सबै धर्मावलम्बीहरू शताब्दीयौँदेखि मेलमिलाप र पारस्परिक सम्मानका साथ बस्दै आएको उल्लेख गर्दै धार्मिक वा जातीय द्वन्द्व कुनै पनि राष्ट्रको हितमा नहुने बताए । विश्वका विभिन्न मुलुकहरू धार्मिक तथा जातीय द्वन्द्वका कारण विखण्डन, अस्थिरता र विदेशी हस्तक्षेपको सिकार बनेको उदाहरण प्रस्तुत गर्दै नेपाललाई पनि त्यही दिशातर्फ धकेल्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

    अध्यक्ष अधिकारीले जातीय राज्य, क्षेत्रीय विभाजन, पुस्तागत द्वन्द्व तथा अहिले धार्मिक ध्रुवीकरणका नाममा समाजलाई विभाजित गर्ने गतिविधिहरू एउटै रणनीतिक योजनाका अंश भएको उल्लेख गरे । यस्ता गतिविधिका विरुद्ध युवाहरू सचेत र संगठित भएर उभिनुपर्ने बताउँदै उनले नेपाली जनताको साझा पहिचानलाई कमजोर पार्ने हरेक प्रकारका विभाजनकारी गतिविधिको प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।

    उनले “जात, धर्म वा क्षेत्रभन्दा पहिले हामी नेपाली हौँ” भन्ने राष्ट्रिय चेतनालाई सुदृढ बनाउनु वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, सामाजिक सद्भाव र जनताको सुरक्षाका लागि सम्पूर्ण देशभक्त शक्ति एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) काठमाडौं जिल्ला समितिका प्रवक्ता जगत रेग्मीले पछिल्लो समय देशमा धार्मिक साम्प्रदायिकता फैलाउने तथा जातीय द्वन्द्व सिर्जना गर्ने गतिविधि बढ्दै गएको भन्दै त्यसले नेपालको राष्ट्रिय एकता, धर्मनिरपेक्षता र सामाजिक सद्भावमाथि गम्भीर चुनौती उत्पन्न गरेको बताए ।

    उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएकाले सबै समुदायबीचको सहअस्तित्व नै नेपालको मौलिक विशेषता भएको बताए । धर्म, जात, भाषा र संस्कृतिको अभ्यास प्रत्येक नागरिकको संवैधानिक तथा नैसर्गिक अधिकार भए पनि त्यसलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग गरी समाजमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

    प्रवक्ता रेग्मीले २०६२/६३ को जनआन्दोलनपछि जातीय तथा क्षेत्रीय मुद्दालाई उचालेर नेपाली समाजमा विभाजन ल्याउने प्रयास भएको स्मरण गराउँदै नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै त्यस्ता विभाजनकारी राजनीतिका विरुद्ध संघर्ष गर्दै आएको बताए ।

    उनले पछिल्लो समय धार्मिक साम्प्रदायिकता, जातीय ध्रुवीकरण तथा पुस्तागत विभाजनसमेत विदेशी साम्राज्यवादी स्वार्थअनुसार योजनाबद्ध रूपमा अगाडि बढाइएको आरोप लगाउँदै यस्ता गतिविधिको प्रतिरोध गर्नु सम्पूर्ण देशभक्त नेपालीहरूको साझा दायित्व भएको बताए ।

    सरकार जनताका वास्तविक समस्या समाधान गर्नभन्दा विदेशी शक्ति केन्द्र तथा सीमित पुँजीपति वर्गको हित संरक्षणमा केन्द्रित भएको आरोप लगाउँदै उनले गरिब, किसान, मजदुर, महिला, दलित, आदिवासी–जनजाति, सुकुम्बासी तथा उत्पीडित समुदायका समस्या समाधान गर्ने जनपक्षीय नीतिको आवश्यकता औँल्याए ।

    दुवै वक्ताले धर्म, जात, भाषा र संस्कृतिको विविधतालाई नेपाली समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई द्वन्द्वको आधार होइन, राष्ट्रिय एकताको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूले धार्मिक, जातीय तथा क्षेत्रीय विद्वेष फैलाउने सबै प्रकारका गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता, सामाजिक सद्भाव, लोकतान्त्रिक अधिकार तथा जनताको साझा हितको रक्षाका लागि सम्पूर्ण नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका थिए ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र लुम्बीनी प्रदेशका सांसद तारा क्षेत्रीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल छैठौँकी केन्द्रीय कोषाध्यक्ष समष्टी बुढाले गर्नुभएको थियो ।

    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.