• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

नेपालका आदिवासी जनजातिको अवस्था

कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ५. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ६. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ७. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. जनजाति मुक्ति आन्दोलन

जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो


  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • रामेश्वर खत्री, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य

    Advertisement

    (नमस्कार । युगदर्शन मिडियामा सहकर्मी गोविन्दकुमार शर्मासँगै हामी नयाँ अतिथिसँगको कुराकानी यहाँ प्रस्तुत गर्न गइरहेका छौँ । आज हाम्रो माझमा हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाकै जनमोर्चाकै गुल्मी जिल्लाका सल्लाहकार रामेश्वर खत्री । उहाँले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजदेखि लिएर नेपालमा राष्ट्रिय जनमोर्चासम्म लामो समयसम्म राजनीतिक जीवन बिताइसक्नु भएको छ । उमेरले उहाँ अहिले ८१ वर्षमा पुगिसक्नुभएको छ । यति वरिष्ठ व्यक्तित्वलाई आज हामी तपाईंहरूसामु प्रस्तुत गर्न गइरहेका छौँ ।)

    ० सर्वप्रथम रामेश्वरजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहान्छौँ ।

    :: हजुर नमस्कार, धन्यवाद ।

    ० आरामै हुनुहुन्छ ?

    :: आरामै छु ।

    ० के कामले आउनुभएको थियो काठमाडौँतिर ?

    :: केही चिज सिक्न, पढ्न भनेर आएको हुँ ।

    ० सिक्न, पढ्न भन्नाले?

    :: क्लास अर्थात् पार्टीस्कुलमा भाग लिन आएको हुँ ।

    ० पाटीस्कुल भन्नाले कस्तो ? राष्ट्रिय जनमोर्चाको पार्टीस्कुलको कुरा गर्नुभएको हो ?

    :: हजुर । राष्ट्रिय जनमोर्चाको पार्टी स्कुलमा कैयौँ चिज हामीले सिक्नुपर्ने हुन्छ । बुझ्नुपर्ने हुन्छ । हामीले सिक्यौँ, बुझ्यौँ भने फेरि ती कुराहरू जनताका बिचमा, कार्यकर्ताका बिचमा लैजानुपर्छ । जनतालाई सचेत गराउन यसले काम गर्छ ।

    ० तपाईं उमेरले ८१ वर्ष पुगिसक्नुभयो । यो उमेरमा पनि अझ सिक्नुपर्ने केही छ भन्ने लाग्छ तपाईंलाई ?

    :: छ । यो सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै समाप्त हुँदैन । अर्को कुरा विचारलाई उमेरले छेक्दैन, किनकि उमेरभन्दा ठुलो विचार हो । हामीसँग राम्रो विचार छ । त्यो कारणले पनि मैले आफूलाई बुढो मान्दिनँ ।

    ० तपाईंले लामो समयसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा समय काम गर्नुभयो । तपाईंको राजनीतिक जीवन कसरी सुरु भयो ? मूल प्रवाहबाटै सुरु भयो या नेपालबाट ?

    :: वास्तवमा मेरो राजनीतिक जीवन तत्कालीन अखिल भारत नेपाली एकता समाजबाट सुरु भएको हो । सन् नोभेम्बर ७, १९७९ मा एकता समाज गठन भयो । त्यसमा आबद्ध हुने मौका पाएर अहिलेसम्म सक्रिय छु । देशभित्र आइसकेपछि राष्ट्रिय जनमोर्चाको नीतिसिद्धान्त, विचारलाई सही लागेर अहिलेसम्म त्यसैमा नै लागिरहेका छु ।

    ० भारतमा कति समय काम गर्नुभयो ? कुन कुन समितिमा रहेर काम गर्नुभयो ?

    :: गोरखपुरबाट मेरो राजनीतिक सुरुआत भयो । केही समय म त्यहाँको साधारण सदस्य रहेँ । पछि त्यहाँ समिति गठन गरियो । त्यसको सदस्य बनेँ । केही समयपछि त्यहाँको एकता समाजको अध्यक्षको रूपमा काम गरेँ । मेरो जागिर केन्द्रीय पुलिस सङ्गठनमा थियो । खुला रूपमा हामी राजनीतिक संस्थामा लाग्न पाउँदैनथ्यौँ । त्यसैले मैले भूमिगत रूपमा काम गर्दै आएको थिएँ । भारतका विभिन्न भागमा जहाँ जहाँ मेरो सरुवा हुन्छ, त्यहाँ त्यहाँ एकता समाजको निर्माण गर्ने काम गरेँ ।

    ० नेपाल फर्कनुभन्दा पहिला कुन समितिमा काम गर्नुभएको थियो ?

    :: म सन् १९९५ मा सम्पन्न चौथो अखिल भारत सम्मेलनबाट केन्द्रीय समितिको उपसचिव भए । त्यसपछि पेन्सन निस्केपछि नेपाल आएँ । त्यस दौरान जहाँजहाँ सरुवा भयो, बिहार, बङ्गाल, आसाम, मध्य प्रदेश गरी करिब अठार/उन्नाइस ओटा भारतका राज्यमा गएर सङ्गठन निर्माण गर्ने मौका मैले पाएँ ।

    ० नेपालमा कहिले फर्किनुभयो ?

    :: अहिले मिति त मलाई ठ्याक्कै याद छैन । सन् २००१ मा म रिटायर भएको हुँ । त्यसपछि देशभित्र आएर राष्ट्रिय जनमोर्चासँग चाहिँ आबद्ध भएर जिल्ला समितिमा बसेर काम गरेँ ।

    ० गुल्मीमा सङ्गठनको अवस्था कस्तो थियो त्यतिखेर ?

    :: त्यति बेला गुल्मीको सङ्गठन व्यवस्थित रूपमा थिएन । जीवन राना, छविलाल सर्तुङ्गीहरू हुनुहुन्थ्यो । उहाँहरूले एउटा ढाँचा तयार गरेर नै गुल्मीमा अहिलेको सङ्गठन विकास भएको हो । सुरुमा अलिकता नाजुक अवस्था थियो । कुनै ठाउँमा हाम्रा सङ्गठन भए तापनि व्यवस्थित रूपमा बैठक नहुने, क्लास, प्रशिक्षणको अभाव थियो । पछि उहाँहरू दुई जना प्रवासबाट आएर बसिसकेपछि नै सङ्गठनको विकास हुँदै गयो । त्यो गति अहिले बढ्दो क्रममा छ ।

    ० भारतमा तपाईं एकता समाजमा काम गर्नुभयो, त्यसलाई सामाजिक सङ्गठन मानिन्छ । त्यसको विधान पढ्दाखेरि त त्यहाँ नेपाली नागरिक मात्र नभएर भारतको नेपालीभाषी सङ्गठित हुन सक्ने सङ्गठन मानिन्छ तर त्यस्तो सामाजिक सङ्गठनका साथीहरू नेपालमा आएर राष्ट्रिय जनमोर्चा अथवा नेकपा (मसाल) मा सङ्गठित हुनुपर्ने कारण के ? अरू पार्टीमा सङ्गठित हुँदा हुन्न ?

    :: होइन, हुँदै हुँदैन । किनभने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको नीतिकार्यक्रमलाई नैतिक समर्थन गर्न गर्दछ । त्यसकारण नै प्रवासबाट आउने साथीहरू राष्ट्रिय जनमोर्चामा आबद्ध हुन्छन् अनि पार्टीसङ्गठनले दिएको जिम्मेवारी आफ्नो क्षमताअनुसार काम गर्छन् ।

    ० फेरि गुल्मी आएपछि के कस्ता काम गर्नुभयो ।

    :: गुल्मीको सङ्गठनमा जनताको समर्थन थियो नै तर सङ्गठन जुन रूपले सुचारु र व्यवस्थित रूपमा चल्नुपर्ने हो, त्यस्तो थिएन । जिल्लाका नियमित बैठक बस्ने, सङ्गठनको काम गर्ने, वडा तहसम्म जाने कार्यक्रममा कमी थियो । त्यसमा पछि सुधार हुँदै गएको छ । अहिलेको अवस्थामा राष्ट्रिय जनमोर्चा गुल्मी जिल्लामा जुन ढङ्गले जानुपर्ने हो, त्यो गतिले नगएको अवस्था हो ।

    ० पछिल्लो चुनावबाट नेपालका ठुला भनिएका दल पूरै ध्वस्त भए । गुल्मीमा पनि अब त्यहाँका ठुला भनिएका कङ्ग्रेस, एमाले सबै हारे । तपाईंहरूको सङ्गठनको अवस्था के छ ?

    :: अहिलेको अवस्थामा जुन रास्वपाको उदय भयो, त्यो विदेशीको इसारामा भएको हो । त्यो पार्टीले चुनाव सफलता पनि प्राप्त गर्‍यो तर पछिल्लो चुनावले हाम्रो पार्टीलाई त्यस्तो खासै असर गरेको छैन । किनभने हाम्रा कुनै पनि कमिटीका साथीहरू त्यो पार्टीमा प्रवेश नगरेको अवस्था हो । हामीले विगतमा जति मत पाउँथ्यौँ, त्यसमा अलिकता कमी आयो तर हामीलाई भोट दिने जुन जनता हुन्, उनीहरू यथावत् छन् । उहाँहरूलाई हामीले पूर्ण रूपमा कन्भिन्स गर्न सकेनौँ । त्यो हाम्रो कमजोर पक्ष हो । त्यसले गर्दाखेरि हाम्रा केही मत कम भए । तो एउटा विषय भयो तर सङ्गठनलाई, हाम्रा कार्यकर्तालाई त्यसले कुनै पनि असर गरेको छैन । किन भन्दाखेरि पार्टीले बेलामौकामा यस्तै क्लासप्रशिक्षण चलाउँछौँ । हामीले गुल्मी जिल्लामा पनि वर्षमा दुइटा क्लासप्रशिक्षण चलाउँछौँ । हाम्रो यस्तो कार्यशैलीले हामीलाई असर गरेको छैन र भविष्यमा पनि असर गर्दैन । राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्त, विचार, कार्यनीति सही छ । त्यसकारण हाम्रा कार्यकर्तामा कुनै त्यस्तो विचलन आएको छैन ।

    ० रास्वपाको कुरा गर्दाखेरि अहिले नयाँ र पुरानोको कुरा छ नि, रास्वपाले आफूलाई नयाँ भन्छन् । प्रधानमन्त्री बालेन्द्रले आफूलाई नयाँ भन्नुहुन्छ । तपाईंहरूको राष्ट्रिय जनमोर्चालाई पुरानो पार्टी भन्न मिल्छ ?

    :: यो नयाँ र पुरानो भन्ने फगत् भाष्य सिर्जना गरिएको हो । वास्तवमा नयाँ कुन चिजलाई भनियो र पुरानो कुन चिजलाई भनियो ? पुरानो भनिएका ठुला दलले देश र जनताको हितमा काम गर्न सक्नुभएन । जनतालाई सुशासन दिन सक्नुभएन । व्यक्तिगत स्वार्थ र भ्रष्टाचार बढी भयो । त्यसकारण जनतामा असन्तुष्टि थियो । यो सत्य कुरा हो । सैद्धान्तिक र व्यावहारिक पक्षबाट विचार कुन सही हो ? कुन गलत ? गलत भनिएकाले के के गरेका छन् ? सही भनिएकाले के के गरेका छन् ? यो बुझ्ने गरी नेपाली जनतामा राजनीतिक चेतनाको अभाव छ । त्यही अभावको फाइदा तपाईंले भनेझैँ नयाँ र पुरानोको भाष्य सिर्जना गरेर उठाइयो । आफ्नो दुनो सोझाउने काम गरेर हामी नयाँ हौँ, हामीले काम गर्छौँ भनियो ।

    ० पछिल्लो चुनावको नतिजालाई हेर्दा नेपालमा कम्युनिस्ट सकियो, अब कहिल्यै उठ्दैन भनिँदैछ नि । यो कुरा हो ?

    :: होइन, यो कुरा गलत हो । पहिले कुरो त कम्युनिस्ट पार्टीका नाम राखेका सबै कम्युनिस्ट हुँदैनन् । नेपालको सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको नेकपा (मसाल) हो । ऊसँग सही नीति छ, सिद्धान्त छ, विचार छ । हाम्रा माथिका नेताहरूले कुनै गलत नीति लिएका छैनन्, झुटो कुरा गरेका छैनन् । आजसम्मको इतिहास हेर्ने हो भने जस्तै अप्ठ्यारोमा पनि सम्झौताहीन सङ्घर्ष गर्दै देश र जनताको आमूल परिवर्तनको निम्ति काम गर्ने सच्चा कम्युनिस्ट पार्टी भनेको नै नेकपा (मसाल) हो र त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा हो ।

    ० यदि नेकपा (मसाल) साँच्चै तपाईंले भनेजस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भने जनताले तपाईंहरूलाई समर्थन नगर्नुको के पछाडि कारण के हो ?

    :: मलाई लाग्छ, यसका पछाडि कैयौँ कारण छन् । प्रवास र नेपालमा हामी नियमित रूपमा हाम्रो बलबुताले भ्याएसम्म जनतामाझ पुगेका छौँ । छलफल, बहस चलाइराखेका छौँ । यहाँसम्म कि विरोधी दलहरूले पनि तपाईंहरूको यो नीति गलत छ भनेर भन्न नसकेको अवस्था हो । सामान्य जनता भन्दछन्– राष्ट्रिय जनमोर्चा सही हो† चित्रबहादुर सही हुनुहुन्छ† तपाईंहरू पनि गाउँस्तरमा काम गर्नुहुन्छ† सधैँभरि जनताको आवाज उठाउनुहुन्छ† सत्य कुरा गर्नुहुन्छ तर तपाईंहरूको पार्टी सानो छ । पार्टी किन सानो छ ? तिनै जनताले भोट नदिएर हो, जनताले समर्थन नगरेर हो । त्यो एउटा पक्ष हो ।

    अर्को पक्ष के भन्दाखेरि विरोधीहरू साम, दाम, दण्ड, भेद, झुट कुरा लिएर आश्वासन दिन्छन् । जनताको मनस्थिति हेरेर कुरा गर्दिन्छन् । चुनावको समयमा मासु खान्छ कि, रक्सी खान्छ कि, दुईचार हजार दिनुपर्छ कि, कसैका छोराछोरीलाई जागिरको प्रलोभन दिएर हुन्छ कि त्यहीअनुसार जाने गर्दछन् । यस्तो व्यक्तिगत राजनीतकि स्वार्थ हावी भएकै कारण हामीले मत कम पाएका हौँ अथवा समर्थन कम पाएका हौँ । अर्कोतिर “सत्य मेव जयते” भन्छन् नि, हामी सधैँको सत्यको बाटोमा छौँ । एक दिन हाम्रो विजय निश्चित हुन्छ । जनता नै सर्वोपरि हुन् । जनता नै न्यायाधीश हुन् । जनताको चेतनास्तर उच्च बनाउने क्रममा हामीले आफ्नो स्थिति सुधार्नुपर्दछ । जनताको घरदैलोमा जानुपर्छ । हामीले त्यसो गर्‍यौँ भने निश्चित रूपमा सत्यको विजय हुन्छ ।

    ० राष्ट्रिय जनमोर्चा पार्टी त सही छ तर यो अरू पार्टीसँग मिलेर बिग्रियो भन्ने टिप्पणी पनि छ† जस्तै : कङ्ग्रेससँग मिल्नुभयो, एमालेसँग मिल्नुभयो, कतिपय बेलामा मधेसी पार्टीसँग मिल्नुभो । यो तालमेलका कारण पनि जनमोर्चा खस्कियो भन्छन् नि ।

    :: हैन, हैन । त्यो बुझाइको भिन्नता हो । पहिला कुरो त एउटा कम्युनिस्ट पार्टीका सदस्यको दृष्टिकोण सफा हुनुपर्छ । दृष्टिकोण सफा हुनुपर्छ भनेको के हो ? सही बुझाइ हुनुपर्ने, सही चिन्तन हुनुपर्ने, त्यहीअनुसार काम गर्नुपर्छ । जहाँसम्म कतिपय अवस्थामा चुनावको समयमा गठबन्धन गर्ने कुरा छ, त्यो नौलो होइन । हामीले विश्वको कम्युनिस्ट आन्दोलनलाई हेर्‍यौँ भने त्यो कुरो रसियामा भएको छ, अन्य ठाउँमा पनि भएको छ ? हाम्रै नेपालमा विभिन्न बिस/बिस घटकमाझ एकता गरेको अवस्था हो तर हाम्रो पार्टीले एकता किन गरेन ? किन भन्दाखेरि नीति, सिद्धान्त, विचारमा भिन्नता छ । अहिले एकता भयो भने भोलि नै फुट्न सक्छ । यो इतिहासले प्रमाणित गरेको चीज हो ।

    चुनावमा कहिलेकाहीँ गठबन्धन हुन्छ । उदाहरणका लागि २०४६ सालको आन्दोलनमा कङ्ग्रेस–कम्युनिस्ट सबै एक ढिक्का भएर देशमा बहुदलीय व्यवस्था आएको हो । २०६२–६३ सालको आन्दोलनमा पनि सात दल मिलेर नै गणतान्त्रिक व्यवस्था आएको हो भने चुनाव तालमेल सामान्य कुरा हो । उतिबेलाको समय, परिस्थिति हेरेर गर्ने काम हो । यो विश्वमा भइरहेको छ र यहाँ पनि हुन्छ । अहिले नबुझेका साथीहरूलाई लाग्छ, एमालेलाई समर्थन गरियो सिधै तर त्यस्तो होइन । त्यसका लागि हामीले अध्ययनमा विशेष प्रकारले जोड दिनुपर्छ । अहिले म जसरी पढ्न भन्दै पार्टीस्कुलमा आएको छु, यस्ता कार्यक्रममा आइयो भने छर्लङ्ग हुन्छ ।

    ० एकपल्ट फेरि राजमोको भूमिकातर्फ जाऊँ । अब गुल्मीमा अहिले पनि समन्वय समितिमा तपाईंहरू हुनुहुन्छ । त्यस्तै कतिपय ठाउँमा वडाअध्यक्ष, वडासदस्य, एक समय त तपाईंहरूले पालिकाको उपाध्यक्ष पनि जित्नुभो । राजमोले चुनावमा भाग लिएपछि खेलेको कामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? तपाईंहरूले सोचेअनुसारै त्यहाँ भूमिका खेल्न सक्नुभयो कि सक्नुभएन ?

    :: गुल्मीमा हाम्रा सात/आठ जना जनप्रतिनिधि हुनुहुन्छ । यसमध्ये कालीगण्डकी गाउँपालिकामा एक जना वडाअध्यक्ष हुनुहुन्छ । जिल्ला समन्वय समितिमा एक जना सदस्य हुनुहुन्छ तर हाम्रो जुन एउटा त्यहाँ भूमिका हुनुपर्ने हो, त्यसमा केही कमीकमजोरी छन् । अहिलेसम्मको इतिहास हेर्‍यौँ भने यो व्यवस्थामा अरू दलकाले भ्रष्टाचार गरेका छन्; अनियमितता गरेका छन्; आरोपप्रत्यारोप लागेका छन्; बदनाम भएका छन् तर अहिलेसम्म कुनै जिल्लामा पनि हाम्रा जनप्रतिनिधिले भ्रष्टाचार गरे अथवा अनियमितता गरे भन्ने मलाई जानकारीमा छैन ।

    ० अहिले पुराना भनिएका दलहरू पूरै एकातिर र नयाँ भनिएका अर्कातिर हुन थालेको अवस्था छ । यस्तो अवस्थामा तपाईंहरूको राजनीतिट कसरी अघि बढ्छ ? तपाईंहरू एक्लै सबैको भण्डारफोर गर्दै अगाडि बढ्नुहुन्छ या गत कालमा जस्तै लोकतान्त्रिक शक्ति एकातिर र अहिलेको नयाँ शक्ति अर्कातिर, यस्तो ध्रुवीकरण हुन्छ ?

    :: धेरै राम्रो प्रश्न गर्नुभयो । पहिलो कुरो, जुन हामीले सबै गलत दलको भण्डारफोरको नीति लिएका छौँ । एउटा सच्चा इमानदार पार्टीले गर्ने यही हो । गलत गर्नेले गरिराखेको छ, मैले देखेको छु तर त्यो गलत कामको विरोध गरिनँ भने म पनि त्यसको भागीदार हो, दोषी हो । त्यो विरोध गर्नु एउटा पाटो रह्यो । हामीले कतिपय अवस्थामा चाहे माओवादी, एमाले, कङ्ग्रेस राम्रो कामको सधैँ समर्थन गरेका छौँ अनि जसले गलत काम गर्छ, त्यसको विरोध गरेको अवस्था हो । जहाँसम्म कार्यगत एकताको कुरो हो, त्यो त समय परिस्थिति, कालले निम्त्याउने कुरो हो । जोसँग पनि कार्यगत एकता हुन्छ, त्यसको मुख्य उद्देश्य देश र जनताको हितमा काम हुनुपर्छ, देशलाई जोगाउनुपर्छ ।

    ० अर्को वर्ष चुनाव हुन्छ । तपाईंहरू चुनावको तयारीमा हुनुहुन्छ कि हुनुहुन्न ?

    :: राष्ट्रिय जनमोर्चाले चुनावलाई सर्वोपरि मानेको छैन । चुनाव एउटा साधन हो । हाम्रो पार्टीको नीति, कार्यक्रम र कार्यनीति चुनावमार्फत् जनताका बिचमा सही राजनीति लैजाने हो । त्यसका लागि हामीले चुनावमा भाग लिएको हो । त्यस सन्दर्भमा हामी जनताका बिचमा जाने गरेका छौँ र भोलि पनि जान्छौँ । अब केन्द्रले जे नीति निर्माण गर्छ, जिल्ला, प्रदेश त्यसैलाई कार्यान्वयन गर्नेछौँ ।

    ० हामी यो कुराकानीको अन्तिमतर्फ छौँ । युगदर्शन मिडियामार्फत तपाईंले भन्नुपर्ने कुरा केही छन् त्यस्तो ?

    :: सर्वप्रथम त मैले युगदर्शन मिडियालाई धन्यवाद दिन चाहन्छु । आज युगदर्शनले मलाई पहिलो चोटी आफ्नो विचार राख्ने मौका दियो । अर्को कुरो युगदर्शनको आफ्नै इतिहास छ । विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जालको कुरा गर्ने हो भने लाखौँहजारौँ छन् तर ती संस्थाहरू कसै न कसैबाट सञ्चालित छन् तर एउटा मात्र युगदर्शन यस्तो हो, यो कसैबाट सञ्चालित छैन । जहाँजहाँ अन्याय हुन्छ, जहाँजहाँ गलत हुन्छ र त्यसको विरोध गर्दै जान्छ । अर्कातिर राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा अहिलेसम्म युगदर्शनले जुन भूमिका खेलेको छ, त्यो सराहनीय छ । अहिलेसम्मको भूमिकालाई भविष्यमा पनि यथावत् रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।

    ० महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धन्यवाद ।

    :: प्रकाशजीलाई धन्यवाद अनि गोविन्द शर्माजीलाई धन्यवाद ।

    (युगदर्शन मिडियाका लागि कार्यकारी सम्पादक प्रकाश थापामगरले २०८३ साउन १४ गते लिनुभएको भिडियो अन्तर्वार्ताको सम्पादित सामग्री । अन्तर्वार्ताको भिडियोका युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्नुहोला ।

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै
    नेपालका आदिवासी जनजातिको अवस्था
    सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग
    साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर
    सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ५.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    • ६.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    भर्खरै

    • १.
      जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

    • ४.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ५.
      ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

    • ६.
      नेपालका आदिवासी जनजातिको अवस्था

    • ७.
      कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, दूतावासद्वारा दुःख व्यक्त

    • ८.
      सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न अन्टुकको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.