• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १४ । राष्ट्रिय जनमोर्चाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको नैतिक रुपमा सरकार जिम्मेवार हुनुपर्ने बताएको छ ।

    Advertisement

    घटना नियन्त्रणका क्रममा सरकारले अनावश्यक बल प्रयोग गरेर अवस्था थप तनावपूर्ण बनाएको आरोप लगाउँदै जनमोर्चाले त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । साउन १४ गते कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी वक्तव्यमा घटनाको समाधान वार्ता र संवादमार्फत खोजिनुपर्नेमा जोड दिइएको छ।

    जनमोर्चाले वक्तव्यमार्फत स्थानीय घटनालाई आधार बनाएर पूर्वी तराईमा राजनीतिक र साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । ॅधर्मलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रवृत्तिको विरोध गर्दै सरकार, राजनीतिक दल र स्थानीय समुदायबीच एकता आवश्यक रहेको छ ।’

    पार्टीले पूर्वी तराईमा केही भारतीय हिन्दूवादी संगठनहरूको गतिविधि र बाह्य हस्तक्षेपप्रति पनि चिन्ता व्यक्त गरेको छ । साथै वक्तव्यमा पार्टीले उक्त घटनालाई दुःखद भन्दै धार्मिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ ।

    वक्तव्यमा लेखिएको छ :

    प्रेस वक्तव्य
    “सुनसरीको कप्तानगञ्जमा घटेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । राष्ट्रिय जनमोर्चा उक्त घटनालाई दुःखद मान्दछ । नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । सबै धर्मावलम्बीहरूलाई समान रूपले आ–आफ्नो धर्मसंस्कृति अनुसार व्यवहार गर्न पाउने अधिकार छ । त्यसका साथै बहुधर्म, बहुसंस्कृतिमा आबद्ध जनताका बिचको एकताले नै मुलुकको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको रक्षा हुने गर्दछ । आपसी बैमनस्यता, द्वैष, घृणाले साम्प्रदायिक विखण्डनको अवस्था सृजना गर्दछ । त्यसैले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले सम्बद्ध सबै धार्मीक समुहका बिच सद्भाव, मित्रता, सहिष्णुता र राष्ट्रिय एकतामा जोड दिन्छ ।

    कप्तानगञ्जमा घटेको स्थानीय घटनालाई आधार बनाएर पूर्वी तराईमा त्यसलाई राजनीतिक रङ्ग दिने षड्यन्त्र पनि भइरहेको छ । त्यस प्रकारका कृयाकलापप्रति सम्पूर्ण धर्मावलम्बीहरू सचेत र सतर्क हुनु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । धर्म संस्कृति आ–आफ्नो आस्थाको विषय हो । तर धर्मलाई उपयोग गरेर आफ्नो प्रतिगामी राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि गरिने षड्यन्त्रलाई सही मान्न सकिन्न । त्यस प्रकारका कृयाकलापका विरुद्ध सरकार, दल तथा स्थानीय जनताका बिचको एकतामा जोड दिन्छौँ ।

    पूर्वी तराईमा लामो समयदेखि योजनाबद्ध ढङ्गबाट भारतीय जनता पार्टी र भारतीय सरकारले राष्ट्रिय स्वयंसेवक दल, बजरङ्ग दल, हिन्दू स्वयंसेवक संगठन, हिन्दू सेना लगायतका धार्मिक संगठनहरू तिब्र रूपमा खोल्ने र तिनीहरूलाई आर्थिक लगानी समेत गर्दै आएको छ । धर्मलाई राजनीतिक रूप दिएर साम्प्रादायिक विखण्डनको स्थिति पैदा गर्ने उद्देश्यद्वारा भारतीय पक्षले यस प्रकारको गतिविधि गरिरहेको छ । भारतको आडमा तराईका अतिवादीहरूले अल्पसंख्यक मुश्लिमहरूलाई निशाना बनाउँदै आएका छन् । मुश्लिमसँगको द्वन्द सृजना गरेर त्यसलाई राजनीतिक रूप दिने षड्यन्त्र पनि गर्दै आएका छन् । कप्तानगञ्जमा घटेको घटना र उक्त घटनाको प्रतिक्रिया स्वरुप तराईका अन्य जिल्लाहरूमा देखिएका गतिविधिहरू त्यसैको परिणाम हो ।

    नेपालमा अमेरिकी साम्राज्यवादले पनि धार्मिक आस्थालाई प्रयोग गरेर आफ्नो साम्राज्यवादी राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि लामो समयदेखि षड्यन्त्र गर्दै आएको छ । पूर्वी पहाडमा देखिएको जातिवादी कृयाकलाप त्यसैको परिणाम हो । त्यसका साथै तराईमा सञ्चालित मदरसाहरूलाई शैक्षिक संस्थाको रूपमा विकास गरिनु पर्दछ । त्यसको आडमा भइरहेका अवाञ्छित गतिविधि वा रोहिङ्गा मुश्लिमहरूको घुसपैठ आदि पनि सुनसरी घटना घट्नमा जिम्मेवार छन् ।

    सुनसरी कप्तानगञ्जको घटनालाई साम्य पार्न दुईटा पक्षका बिच वार्ताको माध्यमद्वारा समस्या समाधान गर्नुको सट्टा सरकारले अनावश्यक बल प्रयोग गरेर स्थितिलाई उत्तेजक बनाउने काम गरेको छ । जसको परिणाम दुईटा सम्प्रदायका बिच स्थिति साम्य हुने भन्दा झन् बिग्रेर गएको छ । स्थानीय घटनामा अनावश्यक बल प्रयोग गर्नका लागि देशका गृहमन्त्री नै जिम्मेवार छन् । बिगतका अन्य घटनाहरूमा अपनाइएको नीतिलाई आधार बनाउँदा उक्त घटनामा बल प्रयोगका लागि बालेन नेतृत्वको सरकार र उक्त सरकारका गृहमन्त्री नैतिक रूपले जिम्मेवार भएकोले तिनीहरूले लिएर राजीनामा दिनु पर्ने आवश्यकता छैन ? यो गम्भीर रूपले विचारणीय प्रश्न हो ।”

    २०८३ साउन १४ गते ।

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.